• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहनशील महिला बिकास बहुउद्देश्यीय सहकारीले मनायो महिला दिवस




दिपसागर पौडेल/पर्बत

देशमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको छ तर महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातना जस्ता हिंसाको अवस्था डरलाग्दो छ र नेपालमा यस्ता विभिन्न महिला लक्षित कार्यक्रमहरु मनाइने भएता पनि ८० प्रतिशत महिलाले यस्तै यौन दुव्र्यवहार भोग्नु परेको छ ।
सामाजिक न्याय र लैङ्गिक समानता दियो बिकासको सुनिश्चितता भन्ने मुल नाराका साथ इन्प्रेड नेपालको ब्यबस्थापनमा साथै कुस्मानगरपालीका ७ को समन्वयमा र पर्बत कुस्मा रनगरपालिका ७ स्थित महिला दिदिबहिनीहरुबाटै सुरुवात भएको सहनसिल बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा संस्थाले ११२ औ अन्तराष्ट्रिय महिला दिवस तथा सम्मान कार्यक्रम गरेको हो उचित समयमा ॠण लगेर इमानदार साथ संस्था प्रती बफादार भएर कर्जा तिर्नुभएका शेयर सदस्य जमुना बस्याल र गौमाया श्रेष्ठलाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर संस्थाले सम्मान गरेको हो ।

संस्थाकी अध्यक्ष कलावती पुरीले सम्पुर्ण शेयर सदस्य महिला दिदिबहिनीहरुलाइ सम्बोधन गर्दै तँपाइहरुका ब्यक्तिगत आर्थिक समस्याका कारण पछि नपर्नु हुन आग्रह गर्नुभयो पैसा लगेर न्यायोचित हुने गरि लगानी गरि आर्थिक समृद्ध हिसाबले अगाडि आउनु भयो भने महिलाहरु कहिल्यै पछि नपरिने धारणा व्यक्त गर्नुभयो

त्यसतै कार्यक्रमका प्रमुख अतिथि कुश्मानगरपालिका ७ का वडा अध्यक्ष सुवास चन्द्र पौडेलले हिजो सति जानुपर्ने कठोरतालाई पार गर्दै यहाँ सम्म आउँदा पनि पीडित महिलाहरुका हक अधिकारलाई आज पनि राज्यले न्यायोचित तरिकाले सुनिस्चित नगरेको जिकिर गर्नुभयो । तर हिजो गाउँमा कतै ॠण नपाउने महिला दिदिबहिनीहरुले आज आफ्नो लागि आबस्यक पैसा जुटाउन सक्ने माध्यम सहकारी मार्फत बिकास गर्नुभएको यो सामान्य कुरा हैन आफ्नो खुट्टा उभिन सहनशीलताले सहनसिल बन्न ठुलो भुमिका खेलेको भन्दै आफ्नो धारणा व्यक्त गर्नुभयो ।

कलावति पुरिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधि परशुराम पुरी प्रेस सेन्टर नेपालका पर्बत उपाध्यक्ष दिपसागर पौडेल इन्प्रेड नेपालका परिचालक बुद्द पौडेल लगायतले बोल्नुभएको थियोे भने सहनशील सहकारीका सदस्य महिला दिदिबहिनीहरुले शंस्थाकै हित हुने सन्देश मुलक गित गाएर रमाइलो नाचगान समेत गर्नुभएको थियोे ।

शंस्थाकी शेयर कर्ता स्विइच्छा आचार्यको स्वागत र सन्चालन सचीव राधा कुमारी पौडेलले गर्नुभएको थियोे ।

Facebook Comments