• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिकामा प्रेस सेन्टर विस्तार, अध्यक्षमा पुष्पा पौडेल




प्रेस सेन्टर नेपाल गढवा गाउँपालिकाको भेलाले पुष्पा पौडेलको अध्यक्षतामा एघार सदस्यीय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण पन्थी र निरु चौधरी, सचिव सौरभ गिरी, कोषाध्यक्ष अम्बिका बिक, सहसचिव सुरज परियार रहेका छन् ।

यस्तै सदस्यहरुमा कृष्णा केसी, फुलमती चौधरी, अस्मिता चौधरी, सृष्टि चौधरी र सुलोचना चौधरी रहेका छन् । मंगलबार बसेको प्रेस सेन्टर नेपाल गढवा गाउँपालिकाको बैठकले तीन सदस्यीय सल्हाकार समिति समेत गठन गरेको छ । जसमा भूमिप्रसाद शर्मा, नरेश्वर भुसाल र कृष्णप्रसाद यादव रहेका छन् ।

प्रेस सेन्टर नेपाल गढवा भेला आयोजक समितिकी संयोजक पुष्पा पौडेलको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सदस्य यमनारायण पोख्रेल (विश्वास)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रकमा बोल्दै पोख्रेलले पत्रकारले समाजमा लुकेर बसेका र लुकाइएका गतिविधि उठाउन आवश्यक रहेको बताए । यस्तै पोख्रेलले पत्रकारले पत्रकारिताको माध्यमबाट राज्यलाई निरन्तर खबरदारी गर्न आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गढवा गाउँपालिकाका उपाध्यक्ष देवराज यादव, सचिव कैलास चौधरी, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव दिवाकर पोख्रेल, दाङ जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आयोजक कमिटि सदस्य विपिन अधिकारीले गरेका थिए।

Facebook Comments