• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाेराहीमा दाङ साहित्य उत्सव सम्पन्न 




दाङ । राप्ती साहित्य परिषद्,जिल्ला शाखा दाङको आयोजना तथा घोराही उप–महानगरपालिकाकाे सहयोगमा दाङ साहित्य उत्सव– २०७८ भव्य/सब्य समाराेहबीच सम्पन्न भएकाे छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा तथा विशिष्ट अतिथिका रूपमा राप्ती साहित्य परिषद्का निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पुरूषाेत्तम खनाल, अतिथिहरूमा उप-महानगरपालिकाका प्रतिनिधि एवम् वडा नं. १४ का अध्यक्ष शक्तिमान डाँगी, प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय का वा अध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ साहित्य डा. कृष्णराज डी सी, प्रलेस लुम्बिनी प्रदेशका सयोजक केशव थापा, लुम्बिनी प्रदेशका सयोजक केशव थापा, परिषद् दाङ शाखाका सल्लाहकार तथा सिस्नुपानी नेपाल दाङ शाखा अध्यक्ष डा लाेकराज पराजुली, सर्वोदय पुस्तकालय तथा वाचनालयका प्रतिनिधि चन्द्रराज पन्त, लेखक संघका अध्यक्ष खगराज न्याैपाने, प्रलेस दाङ शाखाका प्रतिनिधि चन्द्रबहादुर थापा, दाङ साहित्य तथा सास्कृति प्रतिष्ठिनका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पाेख्रेल, नेपाल पत्रकार महासघ दाङ शाखाका सचिव अार के सितल लगायत हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा परिषद् जिल्ला शाखा, दाङले वरिष्ठ साहित्यकार गिरिराज शर्मा र डा अमर गिरीलाई राप्ती साहित्य सम्मान – २०७८ बाट सम्मान गरेकाे थियाे, भने घाेराही १४ निवासी मनाेज बुढाथोकीले अाफ्ना पिताकाे नामबाट स्थापना गर्नु भएकाे यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार २०७८ बाट वरिष्ठ साहित्यकार, सङ्गीतकार एवम् गायक डा. गाेविन्द अाचार्य र २०७८बाट सङ्गीतकार एवम् गायक डा. भीमार्जुन अाचार्य अर्जुनमिलनलाई पुरस्कृत गरिएकाे थियाे ।

साे कार्यक्रममा घाेराही- ८ नारायणपुर, साैरी निवासी छाेराहरू चुर्णबहादुर, बिरबहादुर, बिनाेदकुमार र लालबहादुर अार सीले अाफ्ना बुवा / अामाकाे नामबाट वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका लागि एक लाख रासीकाे अक्षकाेष घाेषणा र अध्यक्षलाई चेक हस्तान्तरण गरिएकाे थियाे ।

दाङ साहित्य उत्सव-२०७८ मा
‘साहित्यपुञ्ज’ लोकार्पण, अग्रज स्रष्टा सम्मानमा वरिष्ठ साहित्यकार गिरीराज शर्मा र वरिष्ठ साहित्यकार डा अमर गिरी
पुरस्कार समर्पण,वरिष्ठ साहित्यकार, सङ्गीतकार एवम् गायक डा. गाेविन्द अाचार्य र सङ्गीतकार एवम् गायक डा. भिमार्जु अाचार्य अर्जुन मिलन
कविताका रङहरु (कविता वाचन)
डा. अमर गिरी, डा. कृष्णराज डीसी, हरि पोख्रेल, घनश्याम अस्तित्व, रितु खनाल र संगीत मगर पर्नुभएको थियो ।

आँगनमा गजल वाचन शशी शर्मा मज्गैया, ऋषि शर्मा सुदामा, वसन्त वली वसन्ती, दिलकुमारी बुढामगर, सानु कार्की र जमुना गाैतम जानुले गर्नुभएको थियो भने  गजल गायनमा डा गाेविन्द अाचार्य, गाेविन्द मुधुर अाचार्य र विपिन घिमिरे – गायन
राजेश क्षेत्री, राजेन्द्र दाहाद र एम बी समर्पण हुनुहुन्थ्यो ।

बाद्यवादन सहित अाकर्षण तथा भिन्न तरिकाले सञ्चालन गरिएकाे कार्यक्रममा सबै नाैलाे अनुभुति महसुस गरेकाे अाभास पाउन सकिन्थ्यो ।

अतिथि तथा उपस्थित अन्य साहित्यकारहरूले अागामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू विरहतरूपमा गर्न अायाेजकलाई सुझाव दिई रहेका थिए ।

परिषद् जिल्ला शाखा, दाङका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट सु-भारम्भ भएकाे कार्यक्रमकाे सञ्चालन सचिव प्रकाश के सीले गर्नु भएको थियो । भने कार्यक्रममा वाचक तथा गायकहरूलालाई कदर पत्र तथा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र सहयाेगीहरूलाई समेत मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

Facebook Comments