• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा नेकपासहित संयुक्त पार्टीनिकट जबसको बैठक सम्पन्न, एमसीसीविरुद्ध सशक्त विरोध प्रर्दशन गर्ने




घोराही, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीसहति दाङमा क्रियाशिल ३ कम्युनिस्ट पार्टीनिकट संयुक्त जनबर्गीय संगठनको बैठक सम्पन्न भएको छ ।

घोराहीमा आज आइतबार बसेको संयुक्त जनबर्गीय संगठनहरुले बैठकले केन्द्रबाट पूर्व घोषित राष्ट्रघाती एमसीसीविरुद्ध सशक्त संघर्षका विरोध प्रर्दशन गर्ने निर्णयहरु गरेका छन् ।

बैठकमा जिल्लाका संयुक्त पार्टीनिकट महिला मोर्चाले फागुन २४ गते ८ मार्च दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा राष्ट्रिघाती एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने र त्यस कार्यक्रम तुलसीपुरमा गर्ने, संयुक्त विद्यार्थी संगठनले २५ गते एमसीसीविरुद्ध घोराहीमा व्यापक विरोध प्रदर्शन गर्ने, युवा संगठनले एमसीसीविरुद्ध २८ गते विरोध प्रर्दन गर्ने, मजदुर संगठनले फागुन ३० गते एमसीसीविरुद्धको विरोध कार्यक्रममा घोराहीमा गर्ने, किसान संगठनले चैत २ गते पूर्व घोषित एमसीसीको विरोध प्रर्दशन लमहीमा गर्ने, श्रमिक÷दलित मोर्चाले पूर्व घोषित एमसीसीको विरोध प्रदर्शन चैत ५ गते भालुबाङमा गर्ने, राष्ट्रिय मुक्ति(जातीय) मोर्चाले पूर्व घोषित एमसीसीविरुद्धको विरोध प्रदर्शन चैत्र ६ गते घोराहीमा गर्ने, त्यस्तै चैत १२ गते घोराहीमा वुद्धिजीविहरुको अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेका हुन् । केन्द्रबाट पूर्व घोषित कार्यक्रहरु भएतापनि जिल्लामा अनुकूल पर्ने गरी केही कार्यक्रमहरु अगाडि र पछाडि सारिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शीतलको अध्यक्षतामा बसेको संयुक्त पार्टीनिकट जनवर्गीय संगठनहरुको बैठकमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सेक्रेटरी प्रदीप वली, नेकपा (क्रान्तिकारीका) सचिब नरेन्द्र बञ्जाडे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल कम्युनिष्ट पार्टी घोराही इञ्चार्ज निर्मल केसी, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इञ्चार्ज दिपक विष्ट लगायत जबसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्ने बक्ताहरुले एमसीसीविरुद्धको पूर्व घोषित संघर्षका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न र त्यसको जिम्मेवारी दृढताका साथ पुरा गर्नुपर्ने बताए । उनीहरुले एमसीसीको विरोध प्रदर्शनका कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण देशभक्त, वामपन्थी, वुद्धिजीवी, राष्ट्रपे्रमी लगायत सचेत नागरिकलाई अपिल समेत गरेका छन् ।

दाङमा नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मार्चाहरु राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक र्मार्चाले निरन्तर रुपमा एमसीसीविरुद्धको विरोधमा संघर्षका कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

Facebook Comments