• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर दाङको अभियान: चैत १० गतेभित्र सबै पालिकामा सम्मेलन




घाेराही । प्रेस सेन्टर नेपाल, दाङले प्रदेश कमिटीकाे निर्देशन बमोजिम आगामी चैत १० गतेभित्र सबै पालिकामा कमिटी गठन गर्ने निर्णय गरेकाे छ ।

प्रेस सेन्टर दाङका उपलब्ध पदाधिकारीहरूकाे शुक्रबार घाेराहीमा बसेकाे बैठकले फागुन २४ गते गढवा, २८ गते बंगलाचुली र ३० गते दंगीशरणमा कमिटी गठन गर्ने निर्णय गरेकाे हाे । अन्य पालिकाहरूमा कमिटी गठन गर्ने मिति तय गर्ने जिम्मा अध्यक्ष पाण्डव शर्मालाई दिने निर्णय गरेकाे छ ।

सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला इञ्चार्ज प्रकाश चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा सेन्टरका लुम्बिनी प्रदेश प्रमुख सचिव भुपेन्द्रप्रकाश ओलीले प्रदेश बैठकले फागुन १९ गते बसेकाे बैठकले गरेका निर्णय बारे प्रकाश पार्नुभएकाे थियाे ।

बैठकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकी, सेन्टर दाङका सचिव जनक नेपाली, काेषाध्यक्ष जीवन नेपाली र कार्यालय सदस्य गिरिराज नेपालीले मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।

Facebook Comments