• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपा घोराहीद्वारा ५४ जना सहिद/ वेपात्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन




घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले महान जनयुद्धको २७ औं वार्षिकोत्सवको अबसरमा ५४ जना सहिद/ वेपात्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको छ ।

पार्टी कमिटीले सहिद सप्ताहको अबसरमा शुक्रबार घोराहीको गोग्लीमा एक कार्यक्रमबीच सो परिवार तथा योद्धाहरुलाई अभिनन्दन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शीतले यो दलाल संसदीय पुजीवादी व्यवस्थालाई समाप्त गरेर नेपाल वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने र त्यो समाजवादी व्यवस्था मार्फत हाम्रा वास्तविक सहिदहरुका सपना पूरा गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता शीतलले देश र जनताका लागि आफुहरु निरन्तर अभियानमा लागिरहेको हुँदा सहिद परिवारहरुले क्रान्तिकारी पार्टीलाई प्रत्येक्ष/ परोक्ष सहयोग गर्नुपर्ने प्रष्ट पारे ।

`हामी विचारमा कही झुकेनौ र चुकेनौ´ उनले भने ` हामीले हाम्रो क्रान्तिकारी विचारसहितको सपनालाई साकार पार्ने संकल्प एकरत्ति कतै डकमकाउन दिएका छैनौं ।´

दशवर्षे महान जनयुद्ध मुख्य उद्देश्य भनेको राजनन्त्र र यो संसदीय व्यवस्था अन्त्य गर्ने र देशमा जनवादी व्यवस्था लागु गर्ने लक्ष्यकासाथ जनयुद्ध शुरु भएको र त्यही दुई उदेश्य पूरा गर्नका लागि सहिदहरुले रगत बगाएका थिए । पार्टी शान्ति प्रक्रियामा आएसँगै राजतन्त्र अन्त्य त भयो तर संसदीय व्यवस्था अन्त्य भएन् र त्यसो हुनुको मुख्य कारण पार्टी लिडर प्रचण्डले संसदीय व्यवस्थामै घुँडा टेक्नु भएको उनले स्पष्ट पारे ।

राष्ट्रघाती एमसीसी पास गर्ने दलालहरुलाई अपराधीक घोषणा गर्नुपर्ने नेता शीतलले उद्घोष गरे । अमेरिका परियोजना मार्फत नेपाल आउने र विश्वब्यापी रुपमा उदाइरहेको शक्ति राष्ट्र चीनलाई नेपाली भूमिबाटै घेर्ने योजनामासाथ अगाडि बढ्न खोजेको उनको भनाइ छ ।

वेपत्ता योद्धा समाजका अध्यक्ष सुन्दरले जनयुद्धका सहिद/ वेपत्ता परिवार तथा घाइते योद्धाहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह दिवस मनाउने गरेको बताए । उनले अब हामीले सहिद परिवारको नाम घोषणा, वेपत्ता परिवारको खोजी र घाइते योद्धाको उपचार गर्नुपर्ने माग लिएर काठमाण्डौंको सिंहदरबार घेर्न जानुपर्ने उद्घोष गरे ।

नेकपा विषेश कमिटी सदस्य सम्झनाले नेपाली जनताले थालेको महान जनयुद्धको १४ दिनमै ११ वर्षीय दिलबहादुर रम्तेलले रगत बगाए बताइन् । देश र समाज परिवर्तनका लागि जनयुद्धमा बलिदान दिएका सहिदका सपना तथा वेपत्ता र घाइते योद्धाहरुको उद्देश्य पूरा नभएको र जनयुद्धका लिडरहरुले सहिदका सपना तथा बलिदानमाथि विश्वासघात गरेर प्रतिकान्तिमा लगेको प्रष्ट पारिन् ।

यो दलाल व्यवस्थाले ब्याख्यात्मक टिप्पणी गर्दै राष्ट्रघाती एमसीसी पास गरेको र त्यसको विरुद्ध हाम्रो पार्टीले सशक्त बिरोध गरिरहेको र अब वैशाख ३० स्थानीय चुनावमा भोट माग्न आउने दलाल, गद्दारी र भ्रष्टहरुलाई गाउँगाउँबाट लखेड्नुपर्ने उनको भनाइ छ ।

सहिद परिवारका तर्फबाट आफ्ना भनाइ राख्दै रामबहादुर चौधरी र रजनी चौधरीले हामी सबै एक हुनुपर्ने बताए । सहिद, वेपत्ता परिवार तथा घाइते युद्वाहरु एक ठाउँमा हुनुपर्नेमा उनीहरूले जोड दिए । कम्युनिस्ट पार्टीहरु एक भएमात्र सहिद परिवारका सोच तथा उद्देश्य पूरा हुने उनीहरुको भनाइ छ ।

घोराही उपमहानगरपालिकाभित्र रहेका सहिद परिवारका सरिता चौधरी, दिनेश नेपाली, सोमकुमारी चौधरी, पुष्पा परियार, बसन्ता चौधरी, सुशीला विक, सीता रेग्मी, सुन्तली चौधरी, मनिषा वली, श्रीजना पुन, पार्बती चौधरी, भुवन केसी, चन्द्रा योगी, विदनी चौधरी, बजरी चौधरी, सुमरी चौधरी, अंग्रेजी चौधरी, बसन्ती चौधरी, गीता चौधरी, मति चौधरी, लक्ष्मी चौधरी, चमेली चौधरी, पुन्य चौधरी, भवनी चौधरी, सुनिल चौधरी, साबित्रा विक, सम्झना लगायत ४९ जनालाई अबिर टीका लगाइ दोसल्ला ओडाएर अभिनन्दन गरिएको थियो ।

त्यसैगरी वेपत्ता योद्धा सुशीलकुमारी थापा, रामप्रसाद चौधरी र घाइते योद्धामा जयबहादुर बुढा, सिताराम चौधरी,गेमबफादुर घर्तीलाई अभिनन्दन गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वेपत्ता योद्धाका अध्यक्ष सुन्द, नेकपा विषेश कमिटीका सदस्य सम्झना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेकपा कम्युनिस्ट पार्टी घोराही १७ का इन्चार्ज मोतीले गरेका थिए ।

Facebook Comments