• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महासचिव विप्लव र डा.भिम रावलबीच भेटबार्ता 




काठमाडौँ: संसद्वादी पार्टीहरूले संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूबीच ध्रुवीकरण हुँदै गर्दा नेकपाका महासचिव विप्लव र एमालेका वरिष्ठ नेता भीम रावलबीच भेटघाट र छलफल भएको छ ।

फागुन १५ गते पाँचदलीय गठबन्धन सरकारले एमसीसी टेबुल गरेर पारित गराउने प्रक्रियामा लगेको समयमा एमालेका वरिष्ठ नेता भीम रावलले खुलेरै एमसीसीको विपक्षमा मत व्यक्त गरेका थिए । रावल एमाले र माओवादी केन्द्रको गठबन्धनको तत्कालीन सरकारी नेकपाले एमसीसी अध्ययन गर्न झलनाथ खनालको अध्यक्षतामा निर्माण गरेको अध्ययन कार्यदलका सदस्य पनि हुन् ।

उनले निरन्तर एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै बोलेर र लेखेर आफ्नो भिन्नमत व्यक्त गर्दै आएका छन् । महासचिव विप्लव र नेता रावलबीच एमसीसी खारेजी र राष्ट्रिय स्वाधीनता रक्षाका विषयमा एकताबद्ध भएर सङ्घर्ष अघि बढाउन सकारात्मक छलफल भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

नेपकाका महासचिव विप्लव र एमाले नेता रावलबीच एमसीसीको खारेजीका साथै राष्ट्रिय स्वाधीनता रक्षा र मुलुकको समसामयिक राजनीतिका विषयमा महत्वपूर्ण छलफल भएको राष्ट्रियता पक्षधर शक्तिहरूका बीच ध्रुवीकरण हुनु आवश्यक रहेको निष्कर्ष निकालिएको स्रोतहरूले बताएका छन् । नेकपाका तर्फबाट छलफलमा पार्टी प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।

महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विभिन्न देशभक्त र राष्ट्रप्रेमी नेतहरूसँग गम्भीर छलफल चलाइरहेका छन् । हिजो बुधबार महासचिव विप्लवले माओवादी केन्द्रका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे रोहितसँग एमसीसीलगायत राष्ट्रिय स्वाधीनताको रक्षाको आन्दोलनलाई अघि बढाउने विषयमा छलफल गरेका थिए।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्रको पुष्पकमल दाहाल समूह, एमालेको केपी वली समूह, एकीकृत समाजवादीको माधव नेपाल समूह, जसपाको बाबुराम भट्टराई समूह र लोसपा एमसीसी पारित गरेपछि लागू गराएरै छोड्ने पक्षमा छन् भने नेकपाको नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दल र २ मोर्चा एमसीसी लागू हुन नदिने र राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउने पक्षमा आन्दोलन गर्दै आएका छन् ।

यसै सन्दर्भमा भोलि २० गते काठमाडौँमा ६ दल र २ मोर्चाको आह्वानमा राष्ट्रियता पक्षधर सम्पूर्ण शक्तिहरूको सहभागितामा विशाल प्रदर्शनसहित विरोधसभा आयोजना हुँदेछ । ६ दल र २ मोर्चाले चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन।

Facebook Comments