• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युक्रेनमा रुसको आक्रमण जारी, खेअरसन कब्जामा आएको रुसी दाबी




रुसको रक्षा मन्त्रालयले रुसी सैनिकहरूले युक्रेनको दक्षिणी सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

यदि त्यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको त्यो सबैभन्दा ठूलो सहर हुनेछ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणहरूको प्रतिकार गरिएको दाबी गरेका छन्।

रुसले खार्किभमा मङ्गलवार र रातभरि ठूलो आक्रमण गरेको थियो। गभर्नर ओले सिनेगुबोभले शत्रुको पक्षमा ठूलो क्षति भएको बताएका छन्।

रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभका उत्तरी र पूर्वोत्तर भागबाट सहरभित्र प्रवेश गरेका थिए।

एउटा स्थानीय समाचारसंस्थाका अनुसार खार्किभस्थित क्षेत्रीय प्रहरी विभागको एउटा भवनमा रकेट आक्रमण गरिएको छ।
देशको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ।

युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउघण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको थियो।

एउटा क्षेत्रीय अस्पतालमाथि रुसी सैनिकहरूले धावा बोलेको र लडाइँ अहिले जारी रहेको युक्रेनी सेनाले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।

युक्रेनमा पछिल्ला दिनहरूमा भएका अधिकांश हिंसाको केन्द्रमा खार्किभ रहिआएको छ।
राति खेअरसनका सडकहरूमा रुसी सैनिकहरू देखिएका थिए।

नगरप्रमुखले रुसी सेनाले खेअरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताएका थिए।

Facebook Comments