घोराही,१७ फागुन ।
घोराही उपमहानगरपालिका वडा नंम्वर १४ भित्र पर्ने जनचेतना र नवप्रतिभा टोलमा फोहरको ढल भरिएर सडकमा फोहरको पानी बग्न थालेको हप्तादिनभन्दा धेरै भैसकेको थियो । स्थानियले वडा हुदै घोराही उपमहानगरको सरसफाई शाखासम्मलाई जानकारी गराएका थिए ।
लाग्ने खर्च वडाले बेहोर्ने भन्दै मान्छे लगाएर काम गर्न आग्रह गरेपनि स्थानियले चासो नदेखाएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । ढलमा फोहर भरिएर बन्द हुदा स्थानियले सास्ति पाएपनि त्यसको व्यवस्थापनका लागी भने स्थानियमा जागरुकता देखिएको थिएन ।
यसैविच उक्त ढाल आज अनिल शेर्पाईलीको सक्रियतामा सफा गरिएको छ । जो त्यहाँको स्थानिय नभई ढोडेनी निबासी हुनुहुन्छ । उहाँ अहिले नेकपा माओवादी केन्द्र घोराही १४ वडा कमिटिका सचिव समेत हुनुहुन्छ । उहाँको सक्रियतामा मंगलबार विहान नालामा भरिएका प्लाष्टिक तथा पानीका पोतल लगाएतका फोहरहरु निकालेर सफा गरिएको छ ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
