• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा रचनात्मक काम गर्दै बन्द सफल




घोराही । दाङमा रचनात्मक काम गर्दै बन्दकर्ताहरुले नेपाल बन्द सफल बनाएका छन् ।

गठबन्धन सरकारले हिजो एमसीसी पास गरेको बिरोधमा नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाले संयुक्त रुपमा घोषणा गरेको आज सोमबारको बन्दलाई बन्दकर्ताहरुले घोराहीको तुलसीपुर चोकमा सरसफाइसंगै पानी छर्केर बन्द सफल बनाएका हुन् ।


बन्दकर्ताहरुले चोकमा सरसफाइ र धुलोमा पानी छर्केर बन्दको समयमा तोडफोड, आगजनी लगायत घटनामात्र हुदैनन् , त्यो समयमा सिर्जनात्मक तथा रचनात्मक काम पनि गर्न सकिन्छ भन्ने सन्देश प्रवाह समेत गरेका छन् ।

कोणसभामा बोल्दै नेकपा विशेष कमिटी सदस्य बिक्रमले राष्ट्रघाती सन्धि गर्ने ससंदीय ब्यबस्था भएको बताए ।

कार्यक्रमका प्रमुख बक्ता समेत रहेका उनले अनुदानको रुपमा राष्ट्रघाती एमसीसी सम्झौताले नेपाली जनतामा आर्थिक र विकासको भ्रम छरिरहेको र त्यो भ्रमबाट सबै नेपालीहरु मुक्त हुनुपर्नेमा जोड दिए ।

`अब राष्ट्रघाती दलालहरुलाई नेपाली जनताले लखेट्नु पर्छ उनले भने दलालहरु नेपालमा रहँदासम्म वैदेशिक हस्तक्षेप भइरहने छ । विदेशीहरुले नेपालीमाथी आँखा गाडिरहने र श्रम लुटिरहने कुरा यथार्थ संसदीय ब्यबस्थामा देखिएका छन् । ´
संसदीय व्यवस्था भनेको राष्ट्रघाती सम्झौता गर्ने, देश लुट्ने र बेच्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्नेबाहेक अरु नभएको र वैदेशिक हस्तक्षेप यहाँका दलालहरुले औपचारिक रुपमा निम्त्याएसंगै नेपाललाई युद्ध संग्राम बनाउने कोसिस गरिरहेकोहुँदा त्यसको प्रतिरोध नेपाली जनताले गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले आजको बन्द ७७ वटै जिल्ला सफल भएको बताए । उनले यो देशलाई रणभूमी बनाउने र राष्ट्रिय स्वाधीनतामाथी आच आउने खालको राष्ट्रघाती एमसीसी सम्झौताले नेपालको शिर झुकाउने काम भएको प्रष्ट पारे ।

आज सासकहरु अमेरिकी साम्राज्यवादका गुलामी बन्दा नेपालको स्वाभामान गुमेको र यो सम्झौताले नेपालीलाई चिनविरोधी बनाउन खोजेको उनको भनाइ छ ।

नेकपा ( क्रान्तिकारी माओवादी) दाङ जिल्लाका सचिवालय सदस्य तिलक बिकले त्यो देश स्वतन्त्र रहने कि नरहने भन्ने कुरा त्यहाँका जनताले निर्धारण गर्ने बताए । उनले दुनियामा न्यायको जित हुन्छ, अन्यायको जित कहिल्यै नहुने प्रष्ट पारे ।

इतिहासले हामीलाई बहादुरीको दर्ज दिएको भएतापनि अमेरिकी साम्राज्यवादको अनुदानले राष्ट्र र राष्ट्रिय स्वाधीनतामाथी प्रश्न उठेको उनको भनाइ छ ।

नेकपा मालेका दाङ जिल्ला सचिब नेत्रप्रसाद पाण्डेले यो देशका सासकहरुले अमेरिकालाई खुशी पार्नका लागि राष्ट्रघाती एमसीसी परियोजना पास गरेको बताए । उनले दलालहरुले विश्व साम्राज्यवादीहरु सामु शिर झुकाउने काम गरेको र विदेशी पैसाका लागि राष्ट्रघात परियोजना पास गरेको उद्घोष गरे ।

कोणसभाको सहजीकरण राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सदस्य मनिराम खनालले गरेका थिए ।

Facebook Comments