• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालको ब्याख्या अमेरिकाले मान्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड




नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सार्वभौम संसदबाट पारित भएको एमसीसीको ब्याख्यात्क टिप्पणीलाई अमेरिकाले स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यदि स्वीकार गरेन भने यो स्वतः खारेज हुने पनि उहाँले स्पष्ट गर्नुभयो ।

संसदबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरी उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूहरुले संशोधनसहित एमसीसी पारित गर्न सहमति जनाएको बताउनुभयो ।

‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उहाँले भन्नुभयो– ‘त्यसैले यो निर्णयमा पुगिएको हो ।’

उहाँले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष प्रचण्डले एमसिसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने बताउनुभयो । यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको पनि उहाँले बताउनुभयो ।

आइतबार संसदबाट पारित भएको व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने उल्लेख गर्दै प्रचण्डले यो महाकाली सन्धीमा गरिएको संकल्प प्रस्तावजस्तो नभएको बताउनुभयो ।

Facebook Comments