• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविता: अनुदान




मनिराम खनाल

बाँच्न सिकौ नेपाली हामी आफ्नै स्वाभिमानमा
कुन देश बन्यो र समृद्ध मागी अनुदानमा ।

पचपन्न अर्ब अमेरिकाको होइन अनुदान
स्वाभिमानलाई बेचेर हाम्रो हुने छैन मान ।।

संघीय प्रणाली खर्चिलो छ ऋण काडेर चलाउछौ
उत्पादनमा लगाउने युवा सबै बिदेशमा पठाउछौ ।

अनुदान पनि जबर्जस्ती घिचाउने गर्छ
नियत राम्रो छैन उसको हामीले बुझ्नुपर्छ ।।

उद्योगहरु लिलाम भए नदिहरु बेचे
यो सासन र ब्यबस्था जनताले देखे ।

सन्धि सम्झौता हुँदै आए बिगत देखि आज
देशको हितमा कहिले भएन भन्न पनि लाज ।।

एमसीसीलाई ठिक छ भन्ने राष्ट्रघातीका खलक
हाम्रो देशमा बस्दै आछन गर्दिउ यिनलाई अलक ।

संसदमा हुँदै छ, रास्ट्रघातको खेल
नेपालका संसद हौ भने गर एमसीसीलाई फेल ।।

Facebook Comments