• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरको खेलकूद, दोस्रो दिन ३ खेल सम्पन्न 




श्रवण कुमार यादव
देउखुरी, दाङ। राजपुरको खेलकूद प्रतियोगिता दोस्रो दिन ३ खेल सम्पन्न भएका छन् ।

राष्ट्रको लागि खेल,स्वास्थ्यको लागि खेल भन्ने मुल नाराको साथमा उद्घाटन भएको सो खेलकुद महोत्सवमा जिल्ला स्तरीय क्रीकेट प्रतियोगितामा त्रीशिद्धेश्वरी स्पोर्ट्स एकेडेमी तुलसीपुर,पुरन्धारा क्रीकेट एकेडेमी बबई गाउँपालिका,यूएन बिसी एकेडेमी घोराही,देउखुरी क्रीकेट एकेडेमी लमहीले भाग लिएका थिए।

यसैगरी सो महोत्सवमा गाउँपालिका स्तरीय क्रीकेट प्रतियोगितामा ५ वटा टिम समावेश रहेको छ। त्यस्तै भलिबल प्रतियोगितामा ६ टिमले भाग लिएको छ भने फुटबलमा ११ टिमले भाग लिएको अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी तथा राजपुर खेलकुद महोत्सवका व्यवस्थापक राजबिर सिंह (मुकेश)ले जानकारी दिनु भएको थियो।

त्यस्तै पुरन्धारा र त्रीशिद्धेश्वरी स्पोर्ट्स बीचमा हिजो भएको खेलमा पहिलो टस जितेर पुरन्धाराले बलिङ गर्ने निर्णय लिएको थियो । जसमा त्रीशिद्धेश्वरी स्पोर्ट्सले आफ्नो २० ओभरको कोटा खेली ६ विकेट गुमाएर जम्मा ९७ रन बनाउन सफल भएको थियो । जवाफीमा ९७ झिनो लक्ष्य पछ्याउँदै पुरन्धाराले १५ ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको स्कोर केरमान घर्ती मगरले जानकारी दिनु भएको थियो।

यस्तै राष्ट्रिय खेलाडी मोहन खत्रीले बिस्पोर्ट ब्याटिङ गर्दै ३ छक्काको मद्दतले १५ बलमा ३२ रन बनाएका थिए । त्यस्तै उनी उक्त म्याच म्यान अफ ड म्याच घोषित भएको राष्ट्रिय खेलाडी तथा सो खेलका अम्पायर सुदन पोख्रेलले जानकारी दिनु भएको थियो।

त्यस्तै यता फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १ लाई एक गोलले पराजित गरेको थियो। हिजो भएको लिगचरणको खेलमा वडा नम्बर १ ले दुई गोल हानेको थियो भने वडा नम्बर ५ ले ३ गोल हानेर जित हात पारेको गरेको थियो।

यसै गरि आज खेलकुद महत्सवको दोस्रो दिन राजपुर खेलकुद ,पालिका स्तरीय प्रमुख ३ खेल महोत्सवको आज दोस्रो दिनमा भएको गाउँपालिका स्तरीय क्रीकेट खेलमा पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर ५ को बीचमा भएको थियो ।

राजपुर ७ ले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । आफ्नो ब्याटिङ तर्फ वडा नम्बर ५ ले कुल २० ओभरको कोटा खेल्दै ९ विकेट गुमाएर ७४ रन बनाउन सफल भएको थियो । राजपुर ५ को ब्याटिङ तर्फ बिशालले ३५ बलमा १९ र अखिलेशले १३ बलमा १२ रन बनाउन सफल भएको थियो ।

त्यसैगरी ७४ रनमा सिमित गराउदै बलिङ तर्फ राजपुर ७ का अजित साहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रनमा ५ विकेट लिएका थिए । यस्तै असीम मगरले १ विकेट,दिपेश केसीले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा ७५ रनको झिनो लक्ष्य पछ्याउँदै राजपुर ७ का कप्तान अर्जुन बस्नेतले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४० रन र असीम मगरले २२ बलमा २१ रनको मदतले सजिलै ७ विकेटमा जित हासिल गरेका थिए । त्यस्तै उत्कृष्ट बलिङ गर्ने अजित साही उक्त म्याचको म्यान अफ ड म्याच घोषित भएका थिए ।

त्यसैगरी दोस्रो खेलमा वडा नम्बर २ बेला र वडा नम्बर १ सिरिया नाका बीच खेल भएको थियो । उक्त खेलमा सिरियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । राजपुर २ बेलाले आफ्नो १५ ओभरको कोटा खेल्दै ४ विकेट गुमाएर ७५ रन बनाउन सफल भएको थियो । ब्याटिङ तर्फ बेलाका कप्तान रामवरण यादवले २८ बलमा २२ रन र मोहन यादवले ३० बलमा १५ रन बनाउन सफल भएका थिए ।

त्यस्तै सिरियाका बिकाश पुनले ३ ओभरमा १४ रन खर्चिएर २ विकेट हासिल गरेका थिए । ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिरियाले ४ विकेट गुमाएर ७९ रनमा १२.३ ओभरमा सजिलै जित हासिल गरेको थियो ।

ब्याटिङ तर्फ सिरियाका ब्याट्सम्यान बिकाश पुनले २६ बलमा २३ रन र मान बहादुर पुनले १६ बलमा १६ रन तथा सुरजले ६ बलमा ११ रनको योगदान दिएका थिए । त्यस्तै राजपुर २ को बलिङ तर्फ एनजलले १.३ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका थिए । यसैगरी सिरियाले ६ विकेटले सजिलै जित हासिल गरेको थियो । त्यस्तै उक्त म्याचको म्यान अफ ड म्याचमा आफ्नो उत्कृष्ट बलिङ र ब्याटिङ गर्दै बिकाश पुन घोषित भएका थिए ।

त्यस्तै तेस्रो खेलमा राजपुर ७ र राजपुर क्रीकेट क्लब बि बीचमा भएको थियो । जसमा टस जितेर राजपुर ७ ले फिल्डिङ गर्ने निर्णय लिएको थियो । यस्तै क्लब बिले आफ्नो सबै विकेट गुमाएर ७७ रन बनाउन सफल भएको थियो । यसैगरी राजपुर क्रीकेट क्लब बिका ब्याट्सम्यान नितेसले २३ बलमा २२ रन र खिमले १८ बलमा १३ रन बनाउन सफल भएका थिए ।

बलिङ तर्फ राजपुर ७ का कप्तान अर्जुन बस्नेतले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट र अजित शाहीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको राजपुर ७ ले ११.१ ओभरमा आफ्नो ५ विकेट गुमाएर लक्ष्य सजिलै हासिल गरेको थियो । त्यस्तै ब्याटिङ तर्फ स्वयं कप्तान अर्जुन बस्नेतले ३१ बलमा २७ रन र गोपालले २३ बलमा १९ रनको योगदान दिएका थिए । यस्तै उक्त म्याच राजपुर ७ ले ५ विकेटले जित हासिल गरेको थियो । सो म्याचको म्यान अफ ड म्यान उत्कृष्ट ब्याटिङ र बलिङ गरेका स्वयं कप्तान अर्जुन बस्नेत घोषित भएको यस खेलका अम्पायर सुदन पोख्रेलले जानकारी दिनु भयो ।

यसैगरी आज भएको भलिबल खेलमा वडा नम्बर ७ लाई वडा नम्बर ६ ले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर १ लाई पनि पराजित गरि विजय हासिल गरेको महोत्सव सहायक व्यवस्थापन अमृत खड्काले जानकारी दिनु भयो ।

त्यस्तै वडा नम्बर ५ र वडा नम्बर २ को बीच भएको पहिलो फुटबल खेलमा वडा २ ले ५ गोल हानी वडा नम्बर ५ लाई पराजित गरेको छ । यस्तै वडा नम्बर ३ र वडा नम्बर ५ को बीचमा भएको दोस्रो खेलमा २-२ समान गोलको भएको सो खेलका रेफ्री सरद शर्माले जानकारी दिनु भयो ।

यसैगरी आयोजकका अनुसार हिजो महोत्सवको पहिलो दिन भएको हुनाले अन्य खेल खेलाउन सकिएको थिएन र आजदेखी निरन्तर अन्य खेल खेलाउने तयारी रहेको बुझिएको छ।

Facebook Comments