• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा निकट संयुक्त जबस/मार्चाको बैठक सम्पन्न, एमसीसीविरुद्ध भण्डाफोर तथा सडक संघर्ष गर्ने




घोराही, ५ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गीय संगठन/ मोर्चाहरुको संयुक्त बैठक बिहीबार घोराहीमा सम्पन्न भएको छ । सात संगठनको सम्पन्न बैठकले एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तक्र्रिया र सडक संघर्ष गर्ने जस्ता थुप्रै निर्णयहरु गरेको हो ।


युवा संगठन नेपाल दाङ, अखिल (क्रान्तिकार) दाङ, अनेम संघ (क्रान्तिकारी)दाङ, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ दाङ , श्रमीक समुदाय मोर्चा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)  दाङ र राष्ट्रिय थारु मुक्ति मोर्चा दाङको संयुक्त रुपमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेका छन् ।

संयुक्त बैठकले सबै जबस÷मोर्चाहरुले जिल्लास्तरमा संगठनात्मक र राजनैतिक अभियान सञ्चालन गर्ने, अन्तक्र्रिया, छलफल र कोणसभा गर्ने, सदस्यता ब्यापक वितरण गर्ने, चैत्रमा जिल्ला सम्मेलन गर्ने, पालिकास्तरीय भेलाहरु गर्ने, वडा कमिटी, टोल इकाई कमिटी गठन गर्ने, एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तक्र्रिया र सडक संघर्ष गर्ने, भष्ट्राचारी, महंगी एवं सामाजिक विभेदको विरुद्ध सघर्ष गर्ने, पालन, उत्पादन संगठनले गर्ने, युवा, मजदुर, विद्यार्थी, महिला, थारु, किसान, श्रमिक समुदायको हक अधिकार र यो भित्रको विकृति, विसंगति विरुद्ध संघर्ष गर्ने निर्णयहरु गरेको हो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीप वलीले नयाँ मोडेल अनुसार पार्टी अगाडि बढेको बढाएको बताए । उनले पार्टीको छौठौंपूर्ण बैठकका निर्णयहरुको बारेमा ब्रिफिङ गर्र्दैै एमसीसीको विरुद्धमा कडा संघर्ष गर्नुपर्नेमा जोड दिए ।

बैठकको प्रमुख अथिति समेत रहेका पार्टीका सक्रेटरी प्रदीपले एमसीसी परियोजना आफैमा राष्ट्रघाती भएको हुँदा त्यसको विरुद्ध उच्च तयारीको अबस्थामा बस्नुपर्ने र पार्टीको सडक संघर्षका कारणले गर्दा अहिले सत्तामा पनि पक्ष र विपक्षमा उभिरहेको हुँदा सो परियोनाको बिरोधमा सडक व्यापक जनता पनि उत्तार्नु पर्ने अवस्था आइसेको उद्घोष गरे ।

पार्टीले दाङमा बन्दको समयमा संघर्ष र रचनात्मक काम गरेको उल्लेख गर्दै घोराही सडक सरसफाई तथा जेब्राक्रसिङमा पेटिङ गरेको र तुलसीपुरमा पनि शिक्षक संगठनले सरसफाई गरेर देशभरी नयाँ मोडेल सन्देश दिएको उनले उनको भनाइ थियो ।

पार्टीको विधि र पद्धति अनुशासन भन्दा बाहिर रहेर काम गरियो भने अन्ततः भुइमा पछारिने भएकाहुँदा पार्टीको विधि र पद्धतिमा रहेर काम गर्नुपर्ने र अहिले पार्टीले लिएको जनमत संग्रहको कार्यनीति नारालाई अभियान मार्फत जनता समक्ष पुर्याउनुपर्ने र सो अभियान परिणाममुखी हुनुपर्ने उनले जिकिर गरे ।

संगठन निर्माण नै पहिलो जोड भएको फागुन अन्तिमसम्म सबै जबसका पालिकाको भेला गर्ने र चैत्रमा सबैको जिल्ला सम्मेलन गर्ने तथा अब पालिकास्तरमा पनि पालन/ उत्पादनलाई  संगठनहरुले जोड दिनुपर्नेमा उनले बताए ।

 

नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले जनबर्गीय संगठन र पार्टीको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । उनले दाङलाई अझै क्रान्तिकारीमय बनाउनका लागि आफ्नो तन र मनले अगाडि बढ्नुपर्ने भएकोले अहिलेको समय र परिस्थितिलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

युवा संगठन नेपालका केन्द्रीय सचिब तिलक योगीले झण्डै एक दशकको परिस्थितिमा पार्टी कस्तो भइरहेको भन्ने कुरा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

पार्टीको कार्यदिशा, रणनीति, लक्ष्य, उद्देश्य र कार्यक्रमहरु राम्रा भएकोहुँदा अहिले देश र नेपाली जनताले हामीलाई हेरिरहेको परिपेक्ष्यमा पार्टी तथा संगठनका जिम्मेवारी गहन भएर पूरा गर्नुपर्नेमा विशेष जोड दिए ।
जनबर्गीय संगठन पार्टीको एउटा अभिन्न अंग भएको हुँदा संगठनका नीति, विधि र पद्धति अनुसार काम गर्नुपर्ने समेत उनले प्रष्ट पारे ।

नेपाली जनता र नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा नभएको यो राष्ट्रघाती एमसीसी परियोजनाको बिरोधमा हामीले जस्तोसुकै संघर्ष र चुनौतीको सामना गर्दै प्रतिरोध गर्नुपर्ने उनको भनाइ छ ।
हरेक संगठनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि उनले उल्लेख गरे ।

अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेशका इन्चार्ज दीपक विष्टले राजनीतिक र संगठनात्मक दुबै महत्वपूर्ण भएको बताए । उनले कुनैपनि संघर्षका लागि संगठनको आवश्यकता पर्ने भएकोले संगठन निर्माणमा विशेष जोड दिनुपर्नेे प्रष्ट पारे ।

सबै जबसहरुले समाजको नेतृत्व गर्न सक्ने क्षमता, आत्मविश्वास र जिम्मेवारी बोध गर्दै कुरामा मात्र होईन व्यबहारमा पनि कान्तिकारीता देखाउनुपर्ने उनको भनाइ छ ।

जबसका जेष्ठ नागरिक संजयको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीप वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा पार्टीका गाउँपालिका इञ्चार्जहरु, जबस÷मोर्चाहरुको पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बैठकको संचालन नेकपा शान्तिनगरका इन्चार्ज मनोजले गरेका थिए ।

 

Facebook Comments