• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामीलाई अमेरिकाको दास बन्न स्वीकार्य छैन्, केन्द्रीय सदस्य पोख्रेल




 
घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिन पोख्रेलले  अमेरिकाको दास बन्न स्वीकार्य नभएको बताएका छन् ।

विप्लव नेतृत्वको नेकपासहित ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले संयुक्त रुपमा एसीसीको बिरोधमा आज गरेको नेपाल बन्दको घोराहीको कोणसभालाई सम्बोधन गर्दै उनले हामीलाई भियतनामी र उत्तकोरिया बन्नमा गर्ब छ, तर अमेरिकाको दास बन्न स्वीकार्य नभएको बताएका हुन् ।

कोणसभाका प्रमुख बक्ता समेत रहेका केन्द्रीय सदस्य सबिनले अमेरिकी शासकहरुले नेपाली जनतामा नव उदारवादी ज्यादती थोपर्न नेपाल आउँन खोज्छ भने नेपाली जनता २१ औं शताब्दीको भियतनामी बन्न तयार रहेको समेत उद्घोष गरे ।

अमेरिकी साम्राराज्यवाद र त्यसका दलालहरुले राष्ट्रघाती एमसीसी नामको तरबार नेपाल र नेपाली जनताको घाँटीमा झुण्ड्याइदिएको हुुँदा त्यो तरबारलाई कसरी अमेरिका फर्काने भन्ने महाअभियानको आन्दोलनमा जुटिरहेको उनले प्रष्ट पारे ।

राष्ट्रवादी तथा देशभक्तहरुको आन्दोलनका कारणले आज संसदमा एमसीसी टेबल हुन नसेको र फेरि फागुन ६ गते टेबुल गर्ने प्रयत्न गरिएको हुँदा अब सम्पूर्ण देशभक्त, राष्ट्रवादी, प्रगतिशील, सच्चा कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने दिन आइपुगेको पनि उनको भनाइ छ ।

त्यस्तै कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले २०७४ सालमा शेरबहादुर देउवाको सरकारले अमेरिकासँग असमान सन्धि सम्झौता गरेको बताए । अमेरिकाले एमसीसी नेपालमा होईन,विश्वपाब्यापी रुपमा अगाडि बनाउने र आफ्नो साम्राज्यवाद विश्वभर लागू गर्न खोजिरहेको छ उनले प्रष्ट पारे ।

नेकपा (क्रान्तिकारी माओवादी) का दाङ जिल्ला सचिब नरेन्द्र बन्जाडेले २०७४ सालदेखि एमसीसीको बिरोध गर्दै आइरहेको बताए । उनले एमसीसी परियोजना नेपालको विकास सहयोग होइन, अमेरिको लगानीलाई षड्यन्त्रमूलक ढंगले पास गर्न खोजिरहेको उल्लेख गरे ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सदस्य रामबहादुर जिएमले नेपाली जनताले बिगतदेखी नै राष्ट्रघातका सम्झौताको सामना गरिरहेको बताए । उनले नेपाललाई रणमैदान बनाउन खोजेर हँुदा हामी सजक र सचेत भएर निरन्तर आन्दोलन गर्नुपर्ने धारणा राखे ।

नेकपा मालेका जिल्ला सचिव नेत्र पाण्डेले एमसीसी परियोजना नेपाल र नेपाली जनताको पक्षमा नभएको बताए । उनले विकास नाममा अमेरिका परियोजना मार्फत नेपालमा भित्रन खोजेको र नेपालबाटै चिनलाई घेर्ने रणनीतिका साथ अगाडि बढेको प्रष्ट पारे ।

कोणसभाको सहजीकरण नेकपा घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले गरेका थिए ।

दाङमा रचनात्मक काम गर्दै नेपाल बन्द सफल

दाङमा रचनात्मक काम गर्दै नेपाल सफल भएको छ ।

विप्लव नेतृत्वको नेकपासहितको ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले एमसीसीको बिरोधमा संयुक्त रुपामा आज बुधबार आह्वान गरेको नेपाल बन्दलाई दाङको घोराहीमा सडक सिर्जनात्मक काम गर्दै सफल पारिएको हो ।

बन्दकर्ताहरुले घोराहीमो तुलसीपुर चोकमा सडक सरसफाई र सडकमा मेटिएका जेब्रा कस्रिङमा पेन्टिङ गरेर बन्दको समयमा पनि राम्रा काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।

बन्द भनेपछि तोडफोड, आगजनी जस्ता क्रियाकलापमात्र हुँदैनन् त्यो समयमा सिर्जनात्मक तथा रचनात्मक काम पनि हुन्छन् भन्ने उदाहरण पात्रको रुपमा सन्देश प्रबाह भएको छ ।

नेकपाको नेतृत्वमा संयुक्त रुपमा सरसफाइ तथा सडकमा पेन्टिङ गरिएको नेकपा घोराहीले जनाएको हो ।

 

Facebook Comments