गोरखा पब्लिक हस्पिटल प्रालि घोराहीले आफ्नै भवन निर्माण गर्ने भएको छ ।
हाल घोराही मिलनचोकनजिक लोहासुरबाट सेवा दिंदै आएकोमा दुई बर्षभित्र आफ्नै भवनबाट सेवा दिने गरी नमछु बौद्ध गुम्बानजिक भवन निर्माण गर्ने निर्णय गरिएको छ ।
प्रालिको आठौं साधारणसभाले सो निर्णय गरेको गोरखा पब्लिक हस्पिटल प्रालिका सचिव नवल जीएमले जानकारी दिनुभयो ।
नमछु बौद्ध गुम्बानजिक रहेको प्रालिको ३० कट्ठा क्षेत्रफल जमीनमा दुई बर्षभित्र सम्पन्न हुने गरी दश करोडको लगानीमा अस्पताल भवन निर्माण गर्ने निर्णय साधारणसभाले गरेको छ ।
गोरखा पब्लिक हस्पिटल प्रालिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको साधारणसभाले अस्पतालमा सेवा पनि थप गर्ने निर्णय गरेको छ ।
हाल अर्थो, स्त्री रोग, जनरल सर्जरी, बाल रोग र फिजिसियन सेवा दिंदै आएको यो अस्पतालले अब तीन वटा विशेषज्ञ सेवा थप गर्ने भएको छ ।
अब नाक कान घाँटी, डेन्टल र छाला रोग बिशेषज्ञ सेवा थप गर्ने निर्णय साधारणसभाले गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।