दाङमा बन्दकर्ताहरुले सडक खाली भएको बेलामा सिर्जनात्मक काम गरेका छन् ।
एमसीसीको बिरोधमा बिभिन्न दलहरुले नेपाल बन्द आव्हान गरेका छन् ।
सो क्रममा घोराहीमा बन्दकर्ताहरुले सडक सरसफाइ गर्दै जेब्रा क्रसिङलगायतका ट्राफिक चिन्हको पेन्टिङ गरेका छन् ।
नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।
Facebook Comments
रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।