अमेरिकी आर्थिक परियोजना केही समय संसदमा टेबल नहुने भएको छ।
सरकारले आजै बस्ने संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको थियो।
त्यसका लागि सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदको कार्यसूचिमा एमसीसी टेबल गर्ने विषय राख्न सरकारले प्रस्ताव पेश गरेको थियो।
तर, कार्यव्यवस्था परामर्श बैठक चल्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार जानुभएको थियो । माओवादी केन्द्रको संसदीय दलको निर्णय बोकेर उहाँ देउवा भेट्न बालुवाटार जानुभएको थियो ।
प्रधानमन्त्री देउवा र प्रच(डढबीच आज संसदमा एमसीसी टेबल नगर्ने बरु गठबन्धनको शीर्ष नेताहरुको बैठक राखेर यसबारे निर्णय गर्ने समझदारी जुटेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब भोलि गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट एमसीसीको बारेमा के गर्ने निर्णय गरेपछि मात्र संसदमा पेश गर्ने समझदारी बनाउनेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।