• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादीले सदन र सडकबाट बिरोध गर्ने




झण्डै चार बर्ष रोकिएको एमसीसी सम्झौता आज संसदमा पेश हुने भएको छ ।

अमेरिकाले फागुन १६ सम्म पारित नगरे फिर्ता लैजाने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि संसदमा पेश गर्ने मनस्थितिमा पुग्नुभएको हो । उहाँले नेतृत्व गरेको नेपाली कांग्रेसले पनि एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ ।

तर, सत्तारुढ दलको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्र भने अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।

सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।

पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एकजना नेताले संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए । प्रतिनिधि सभा सदस्यसमेत रहेका ती नेताले अनलाइनखबरसँग भने, ‘हामी स्पष्ट रुपमा एमसीसीको विरोधमा छौं ।

संसदमा टेबुल भए हामी विरोध जनाउँछौं ।’ दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे बोलाइएको संसदीय दलको बैठकले त्यसै अनुसारको निर्णय गर्ने ती नेताको भनाइ छ ।

Facebook Comments