• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट




राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् ।

सोमबार शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देश भरका चार हजार १ सय ५७विद्यालय छनोट गरेको हो ।

जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार,नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गतआर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागिअनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिकधार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागिअनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७अर्ब ८५ करोड ५१ लख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकमबाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताउनुभयो ।

‘देशभरका विद्यालयको भौतिक संरचना, आइसीटी व्यवस्थापन गर्नेअभियानमा छौं,’मन्त्रीपौडेलले भन्नुभयो, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं ।’
देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७विद्यालय नयाँ प्राविधिकधार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानमा ९४७विद्यालयले आवेदनदिएकाथिए ।

कुन प्रदेशलाई कति
देशभर मध्ये प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवननिर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १ सय १९८विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमादुई कोठे भवन, ३ सय ४९ विद्यालयमाआइसीटी व्यवस्थापन, २४विद्यालयमा प्राविधिकल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७विद्यालय छनोट भएका छन् ।

यस्तै, लुम्बिनीप्रदेशमा १ सय ९५ विद्यालयमा ४कोठे भवन, १ सय ३७विद्यालयलमादुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापनमा २ सय ८१विद्यालय, प्राविधिकल्याब १८विद्यालयमा र नयाँप्राविधिकविद्यालय स्थापना ३ विद्यालय छनोट भएका हुन् ।

यस्तै, मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १ सय ९७विद्यालयमा २ कोठे भवन, २सय ३५विद्यालयमाआइसीटी ल्याबव्यवस्थापन, ५ विद्यालयमा प्राविधिकल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ४ वटा विद्यालय छनोट भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा १ सय ४१ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, २ सय ७० विद्यालयमा आइसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिकल्याब र विद्यालयमा  नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

भुकम्पबाट प्रभावित बागमति प्रदेशका जिल्लाहरुमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिनुभयो ।

चितवन बाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४ सय ९१, प्राविधिकल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना ४ छनोट भएका छन् ।

यस्तै, गण्डकीमा १ सय ३० विद्यालय ४ कोठे, १ सय २५ दुई कोठे, २ सय ५५ आइसीटी ल्याब, १३ प्राविधिकल्याब छनोट भएका छन् ।
कर्णालीमा १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८मादुई कोठे भवन, २ सय २५ विद्यालयमा आइसीटी ल्याब, प्राविधिकल्याब २ र नयाँ प्राविधिक विद्यालय स्थापना २ छनोट भएका छन् ।

 

 

Facebook Comments