घोराही, २ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिका १६ नं. वडा कमिटीले विभिन्न खेलकूद प्रतियोगिता गरि २७ औं जनयुद्ध दिवस मनाएको छ । कमिटीले आज सोमबार घोराहीको कपासीमा घैंटा फोर र कुर्सी दौट प्रतियोगिता कार्यक्रम गरेर सो दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य सम्झनाले २७ औं महान जनयुद्ध दिवस एउटा ऐतिहास दिन भएको बताइन् । उनले नेपाली जनताको मुक्ति र राज्य व्यवस्था परिवर्तन गर्नका लागि शुरु गरिएको १० वर्षे जनयुद्ध आफैमा ऐतिहासिक दिन भएको बताउँदै नेतृत्वको बिचार बिचलनले गर्दा जनयुद्धका कार्यभार अझै पुरा नभएको र त्यही अधुरा कार्यभार पुरा गर्न पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत सो कार्यभार पुरा गर्ने उद्घोष गरिन् ।
सामाजिक हिसावले विभिन्न आस्था र बिचारमा भएतापनि सद्भाव तथा सहकार्यलाई सधै जीवन्त राख्दै अगाडि बढ्नुपर्ने र समाजमा यस्ता खेलकूदहरुले मानिसहरुमा अन्तरघुलित बनाउने समेत उनको भनाइ थियो ।
घैटा फोर प्रतियोगितामा ३७ जनाबीच भएको कडा प्रतिस्पर्धाबाट सदीप मल्लले प्रथम स्थान, प्रमिला शाहीले द्वितीय स्थान र पहलमान विकले तृतीय स्थान हासिल गरेका थिए ।
त्यस्तै कुर्सी दौट प्रतियोगितामा २७ जनाबीच भएको कडा प्रतिस्पर्धाबाट ज्योति वि.क. प्रथम, नेतु केसी द्वितीय र शिवबहादुर विकले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
वडा कमिटीको आयोजनामा भएको खेलकूद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण समेत गरिएको हो ।
कार्यक्रममा घैटा फोर प्रतियोगिताका लागि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) घोराही उपमहानगर कमिटीले प्रायोजन गरेको थियो भने कुर्सी दौट प्रतियोगिताका लागि अखिल (क्रान्तिकारी) दाङले प्रायोजन गरेको थियो ।
कार्यक्रममा नेकपा विशेष कमिटीका सदस्य सम्झना, अखिल (क्रान्तिकारी)का कन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष अम्मर खड्का, नेपाल महिला संघ (क्रान्तिकारी) घोराही उपमहानगर कमिटी संयोजक मनिसा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा घोराही १६ का सेक्रेटरी दिनेश नेपालीले गरिेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
