• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा दोस्रो चरणको च्याउ खेती तालिम शुरु




होलेरी, २ फागुन । रुन्टीगढी गाउँपालिकाले दोस्रो चरणको च्याउ खेती तालिम शुरु भएको छ । पालिकाको कृषि शाखाको आयोजनामा हिजो आइतवारदेखि सो तालिम रोल्पाको होलेरीमा शुरु भएको हो ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन,सामाजिक विकास संयोजक यामबहादुर दशौदी राना,कृषि अधिकृत कल्पना पाखे्रल, नाप्रस लक्ष्मी बुढा लगायत गाउँपालिकाका कृषकहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले तालिमबाट सिकेको सीपलाई ब्यबहारमा लागु गरी आत्मनिर्भर भई संबृद्ध रुन्टीगढीमा टेवा पुग्ने आशा रहेको बताए ।

तालिम ३ दिन सम्म सञ्चालन हुने बताइएको छ ।
कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका कृषि अधिकृत कल्पना पोख्रेलले गरेकी थिइन् ।

Facebook Comments