• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
२७औ जनयुद्ध दिवस: दाङमा नेकपाको आयोजनामा प्रगतिशील विवाह, दिप प्रज्वलन, शुभकामना आदानप्रदान




हेमन्त प्रकाश वली
फागुन,१तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा भव्य रुपमा २७औ जनयुद्ध दिवस मनाएको छ।
नेकपा दाङ जिल्ला अन्तर्गतका विभिन्न पलिकामा आज बिहान टिका आवरण सहित शुभकामना आदानप्रदान गरि जनयुद्ध दिवस मनाएको नेकपा दाङले जनाएको छ।
यस्तै नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीले आज बिहान टीका आवरण,शुभकामना आदानप्रदानका साथै भव्य र्यालि सहित तुलसीपुर बजार परिक्रमा गरेको हो।
र्यालीमा नेकपाका नेता-कार्यकर्ताहरुले महान जनयुद्ध जिन्दावाद, जनयुद्ध दिवस सफल पारौं, एकीकृत जनक्रान्ती जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद,एमसिसी परियोजना खारेज गर, बढ्दो मंहगि नियन्त्रण गर लगाएतका नारा लगाएका थिए।
बजारका विभिन्न चोकहरु परिक्रमा पछि र्याली तुलसीपुरको  बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले त्याग,समर्पण र बलिदानको ऐतिहासिक दिनको सन्दर्भमा नेपाली मुक्तिकामी आम जनसमुदाय,पार्टीपंक्ति प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। नेता शितलले जनयुद्धका अधुरा कार्यभारहरु वर्गसंघर्षको नया मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत पूरा गरिछाड्ने उद्घोष समेत गर्नुभएको थियो।
कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाशले गर्नुभएको थियो।
२७औ जनयुद्धको अवसरमा प्रगतिशील विवाह:
नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङका कोषाध्यक्ष दिपेन्द्र वली प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिनुभएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.४ निवासी बुवा प्रतु वली र दिवंगत आमा मर्ची वलीको छोरा दिपेन्द्र वली र रोल्पा त्रीबेनी गाउपालिका वडा नं.६ निवासी बुवा जयलाल डागी र आमा उतिमा डागीकि छोरी जीवा डागी प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिनुभएको हो।
२७औ महान जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा आयोजित प्रगतिशील विवाह कार्यक्रम मार्फत वैवाहिक जिबनमा बाधिएका वर-बधुलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय समिती सदस्य एवम दाङका इन्चार्ज शितलले नेपाली समाजको रुढीबादी संस्कार,संस्कृति र परम्परा विरुद्ध प्रगतिशील विवाह मार्फत समाजमा क्रान्तिकारी संस्कृति निर्माणमा ठूलो योगदान पुगेको बताउनुभएको थियो।
नेता शितलले कम्युनिस्टहरु ऐतिहासिक द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोणबाट निर्देशित हुने भएकाले नेपाली समाजमा विवाह लगाएतका थुप्रै परम्पराहरु शासकहरुले शोषण गर्ने मनसायका साथ अदृश्य, कुनै सत्यता नभएको धर्मको जाल बुनेर नेपाली समाजलाइ रुपान्तरण हुन नदिन केवल मिथ्या प्रचार गरेको जिकिर गर्नुभएको हो। उहाले प्रगतिशिल विवाह मार्फत वैवाहिक जिवनमा बाधिएका वर-बधुलाइ वैवाहिक जिवनमा बाधिएको बैधानिकताको घोषणा समेत गर्नुभएको हो।
प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिएका वर-बधुलाइ बधाइ तथा शुभकामना मन्तव्य नेकपाका केन्द्रीय सदस्य सुन्दर वली,नेकपा बिशेष कमिटी सदस्य सम्झना,नेकपा बिशेष कमिटी सदस्य बिक्रम,नेकपा दाङका सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,बुद्धि विकास मावीका प्रधानाध्यापक प्रकाश खड्काले व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज नारायण भण्डारी,अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्ट,युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र,तुलसीपुर इन्जिनियरिङ कलेजका संस्थापक प्रीन्सिपल अमृत कडेल लगाएतको आतिथ्य रहेको थियो।
नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाशको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गर्नुभएको थियो।
युवा संगठन नेपाल जिल्ला समिती दाङ र घर परिवारद्वारा आयोजित विवाह कार्यक्रमको अध्यक्षता युवा संगठन नेपालका केन्द्रीय सदस्य जीवनीले गर्नुभएको थियो।
नेकपा दाङद्वारा २७औ जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन:
नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गतका विभिन्न पालिकाका मुख्य शहर केन्द्रित चोकहरुमा २७औ महान जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ।
यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीले बिरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले नेपाली मुक्तिकामी श्रमिक जनताको आकांक्षा र जनयुद्ध लक्ष्य,उदेश्यकालाई धोका दिएर प्रचण्ड बाबुराम दलाल पुजीवादमा पतन भएको जिकिर गर्नुभएको थियो।
उहाले आफुहरु जनयुद्धका अधुरा सपनाहरु पूरा गर्न फेरि बिद्रोहको बाटो लिएको भन्दै नेपाली जनतालाई सडकमै छाडेर एक्लै महलमा रजाइ गर्नेहरुका विरुद्ध निर्मम संघर्ष गर्ने उद्घोष गर्नुभएको थियो।
नेता संजयले एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत बताउनुभएको हो।
कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गर्नुभएको थियो।
Facebook Comments