• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र राजपुरको अध्यक्षमा राेका, उपाध्यक्ष ओली




शिवु खनाल
देउखुरी, १ फागुन ।राजपुर गाउँपालिका (माओवादी केन्द्र)काे पार्टी अध्यक्षमा श्यामबहादुर राेकालाई निर्विरोध निर्वाचित गरेको छ ।

राजपुर गाउँपालिकाकाे गत दाेस्राे अधिवेशनले चक्रबहादुर खड्का (शिखर) लाई पालिकाकाे अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो । खड्का लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भइसकेपछि उक्त पद रिक्त भएको थियोे ।

उक्त पदपुर्तीका लागि आइतवार राजपुर गाउँपालिका (माओवादी केन्द्र)काे बसेकाे बैठकले श्यामबहादुर राेकालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेकाे हाे

यस्तै बैठकले उपाध्यक्षमा भिमबहादुर वलि र काेषाध्यक्षमा राजु परियारलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हाे । साथै उक्त बैठकले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान तय गरेको छ ।

त्यसमा प्रत्येक वडाका बैठकहरू बस्ने, टाेल र सेल कमिटीकाे बैठक बस्ने र चार हजार साधरण सदस्यता वितरण गर्ने बैठकले निर्णय गरेको राजपुर गाउँपालिका (माओवादी केन्द्र) का इञ्चार्ज चक्रबहादुर खड्का (शिखर) ले जानकारी दिनुभयो ।

साथै बैठकले जबस/माेर्चाका वडा र गाउँ भेला गर्ने र विभिन्न विभागहरू निर्माण गरेको इञ्चार्ज खड्काले जानकारी दिनुभयो । राजपुर गाउँपालिका (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष भाेगेन्द्रसिंह राजपुतकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्याैपाने (सागर) काे प्रमुख अथितिमा बसेकाे बैठकले लुम्बिनी प्रदेश सदस्यमा चक्रबहादुर खड्का (शिखर) निर्वाचित भएकाेमा हार्दिक बधाई ज्ञापन समेत गरेको थियो ।

कार्यक्रमकाे सहजिकरण पार्टीका सचिव विष्णुप्रसाद यादव (इतिहास) ले गर्नुभएको थियो ।

Facebook Comments