शिवु खनाल
देउखुरी, १ फागुन । दाङको लमहीमा रक्तदान गरेर २७ औँ जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिले आइतवार नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीमा रक्तदान गरेर महान जनयुद्ध दिवसको २७ आँै वार्षिकत्सव मनाएको हो ।
२७ औँ वार्षिकत्सवको अवसरमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आइतवार लमहीमा सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।
नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना संक्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिका अध्यक्ष अमरकवर (नविन)ले जानकारी दिनुभयो ।
यस्तै नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिका उपाध्यक्ष बसन्त शर्मा (विक्रान्त)ले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व लुम्बिनी प्रदेश कमिटि सदस्य रामप्रसाद घिमिरे, लुम्बिनी प्रदेश सल्लाहाकार चन्द्रप्रकाश शर्मा, नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटि उपाध्यक्ष गंगा पाण्डे, सचिव ओप्रकाश सुबेदी (सागर) लगायतले बोल्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।