• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपा दाङले भन्यो: तुलसीपुरको  घटना दलाल राज्य व्यवस्थाको उपज 




दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रती दु:ख व्यक्त गरेको छ।

नेकपा दाङका सेक्रेटरी प्रदीपले आज शोक वक्तव्य जारी गर्दै आगलागी घटनाप्रती दु:ख व्यक्त गर्नुभएको हो।

सेक्रेटरी प्रदीपद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गएराती करिव २ बजेदेखी बिहानसम्म आगलागी हुदा भएको मानवीय क्षतिप्रती पार्टी दुखित एवम गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। साथै आगलागीबाट मृत्युवरण गर्नुभएका मृतकहरुप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ।

शोक वक्तव्यमा भनिएको छ,” आगलागी रातिदेखि सुरु भएर अर्को दिन बिहानसम्म पनि नियन्त्रणमा ल्याउन नसक्नु,दमकल लगाएत आगलागी नियन्त्रणका स्रोत साधनहरुको उपलब्धता नहुनु र मानवीय र भौतिक क्षतीसम्म व्यहोर्नुपर्ने उक्त घटना यो दलाल राज्यव्यवस्थाको उपज भएको स्पष्ट पार्न चाहान्छौ। साथै राज्य निकायबाट पीडितलाई उचित राहत र क्षतिपूर्ति दिन माग पनि गर्दछौं।”

शोक वक्तव्यको पुर्णपाठ:-

Facebook Comments