दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित सुनौलो विहानी टोलका बासिन्दाले विपन्न मृतक परिवारलाई सहयोग गरेका छन् ।
सोही टोलका सदस्य देवीराम चौधरीको निधन भएकोमा मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै टोलबासीले सहयोग गरेका हुन् ।
परिवारको बिपन्न अवस्थाको ख्याल गर्दै टोलका बासिन्दाले ५९५० रुपैया सहयोग संकलन गरेर सो बराबरको सागम्री सहयोग गरेका छन् । चालम, नुल, तेल, बेसाारलगायत अन्य अत्यावश्यकीय सामग्रीको टोलबासीले सहयोग गरेका हुन् ।
टोलबासीले उठाएको सहयोगबाट संकलित सागग्रीको टोल विकासका अध्यक्ष सूर्यचन्द्र राना र मधुसूदन भट्टराइलगायतले हस्तान्तरण गर्नुभएको हो ।
यसअघि सोही ठाउँका मनिराम चौधरीको परिवारलाई सुनौलो विहानी टोल विकास संस्थाले आर्थिक सहयोग गरेको थियो । टोल विकास संस्थाको विपत राहतकोषबाट पाँच हजार रुपैयाँ सयोग गरिएको हो । टोल विकास संस्थाका अध्यक्ष सूर्यचन्द्र रानाले मृतकका आमा बुधमाली चौधरीलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
मजदूरी गरेर परिवार पाल्ने बिपन्न अवस्थाका चौधरीको आकस्मिक निधन भएपछि परिवारलाई केही राहत होस् भनेर सहयोग गरिएको जानकारी दिंदै अध्यक्ष रानाले अन्य कसैले सहयोग गर्न चाहेमा सहयोग गर्न सक्ने बताउनुभयो ।
टोल विकास संस्थाले गत साउनदेखि हरेक सदस्यबाट मासिक २० रुपैयाँ संकलन गरेर राहतकोषमा राख्दै आएको छ । चौधरी गत माघ १५ गते नवलपुर सडकमा मृत अवस्थामा भेटिनुभएको थियो । सो अवसरमा संस्थाका सचिव मधुसूदन भट्टराई, सदस्य पार्वता योगीलगायतले श्रद्धाञ्जली मन्तव्य पनि व्यक्त गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।