• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर घटनामा एकीकृत समाजवादीको टिप्पणीः उपमहानगरको असावधानीले गम्भीर क्षति




नेकपा एकीकृत समाजवादी दाङले तुलसीपुरमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छ । तुललसीपुर उपमहानगरपालिकाले एउटा भरपर्दो दमकलसमेत नराख्दा सो क्षति भएको सो पार्टीले टिप्पणी गरेको छ ।

प्रस्तुत छ नेकपा एकीकृत समाजवादीको विज्ञप्ति

२०७८ माघ २७ गते मध्यरातमा तुल्सीपुर उपमहानगर पालिका वार्ड ५ ङ लाईनमा रहेको ईरम फुट वयर्स रहेको घरमा विद्युत सर्ट भई आगोलागि हुंदा हाम्रो पार्टी लुम्विनी प्रदेश कमिटीका सदस्य कमरेड एम.डी.हसनका भाई हाम्रो शुभेच्छुक नजरदिन अलि, वहांका छोराछोरी र हाम्रो पार्टी केन्द्रीय सदस्य कमरेड अनारकली मियांको बहिनी (ठाईलो बुवाको छोरी) हसिना बकसका दुई छोरासहित ५ जनाको दुखद निधनले हाम्रो पार्टी स्तब्ध र मर्माहत भएको छ ।

दुखको यस घडिमा मृतकहरु प्रति भावपुर्ण श्रर्दान्जली अर्पण गर्दै शोकाकुल परिवाजनमा गहिरो समवेदना प्रकट गर्दछौं । तुल्सीपुर बजारको केन्द्र भागमा राती १२ बजे देखि आगो लागि हुंदा समयमा उद्धार हुन नसक्नु, तुल्सीपुर उपमहानगर पालिकामा दमकल समेत तयारी अबस्थामा नरहनु र घोराहीबाट दमकल पुगी आगोलागि नियान्त्रण गर्नु परेको अबस्थाले हामी अत्यन्तै दुखि भएका छौं ।

यस घटनाले हाम्रा कतिपय स्थानिय तहमा भैपरी आउंदा उद्धार समेत असंभव भएको देखिएको छ । अकल्पनिय मानविय क्षतीबाट हाम्रा सबै स्थानिय सरकारहरु सधै सजग र व्यबस्थित रहनु पर्ने, हाम्रा शुरक्षा निकायहरु दक्ष मानव संसाधन सहित हुनुपर्ने विषयमा सम्बन्धित पक्षको गंभिर ध्यान आक्रसण गर्दछौं । साथै यस घटनामा परि मृत्युवरण हुनु भएका मृतकहरुका घर परिवार जसको लाखौं मुल्यको सामान समेत नस्ट भएको छ वहांहरु दुबै परिवारलाई उचित राहत व्यबस्था गर्न सरकार समक्ष जोडदार माग गर्दछौं ।
मिति– २०७८÷१०÷२८ शुरामणि बेलबासे
अध्यक्ष

Facebook Comments