दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ५ ‘‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यरातिभएको आलगागीमा परि ५ जनाको मृत्यु भएको हो ।
लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शवलाई अस्पताल पठाइएको छ। मृतकहरुको पहिचान भइसकेको छैन । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५/१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।
आगो कम भएपछि साढे ७ बजेतिर शब निकालिएको हो । तिमध्ये घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनालाई निकालिएको हो । पाँचै जना निसास्एिर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार तेस्रो तलामा रहेकाहरु निसास्एिर मृत्यु भएको जस्तो देखिन्छ भने चौथो तलामा रहेकाहरु अलिअलि जलेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।
बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।