• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा विभिन्न पार्टी परित्याग, ८४ जना नेपाली कांग्रेसमा प्रवेश




दाङ, २७ माघ । दाङमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बंगलाचुली गाउँपालिका अन्तर्गत ३ र ४ नं. वडामा नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी परित्याग गरि ८४ जना कांग्रेसमा प्रबेश गरेका हुन् ।


नेपाली कांग्रेस बंगलाचुलीले आज (बिहीबार) मुलाबारीमा आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नं. ३ बाट नेकपा माओवादी केन्द्रका टेकबहादुर थापा र ४ नं. वडाबाट नेकपा एमालेका मधु घर्तीको नेतृत्वमा ८४ जनाले कांग्रेसमा प्रवेश नेका बंगलाचुलीले जानकारी दिएको हो ।May be an image of 9 people, people standing, outdoors and tree

नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारीको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डेको प्रमुख अतिथि एवं  दाङ जिल्ला उप- सभापति गिरिराज सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्र न .२ का सभापति भिम प्रकश खड्का, प्रदेश २ ‘क’ का सभापति प्रकाश श्रेष्ठ , प्रदेश अधिबेशन प्रतिनिधि पुर्णबहादुर मल्ल, धुर्ब पुन र नारायण प्रसाद भण्डारी, पुर्ब महाधिबेशन प्रतिनिधि कृष्ण प्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।

कार्यक्रम सहजीकरण नेपाली कांग्रेस बंगलाचुलीका सचिब चेतबहादुर डाँगीले गरेका थिए ।

 

Facebook Comments