• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उमेशचन्द्र स्मृति दिवसः समाजवाद स्थापनामा अघि बढ्न आव्हान




नेकपा एकीकृत समाजवादी दाङले लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको १७ औं स्मृति दिवस मनाएको छ ।

पार्टी २ नं क्षेत्रीय संयोजक रविलाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीले शहीद उमेश थापाले शाहदात गरेपछि नेपालमा लोकतान्त्रिक आन्दोलनको उभार आएको र देशमा लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो ।

शहीदको बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरि देशलाई नयां संविधानको सफल कार्यान्वयन गर्दै समाजवादको बाटोमा अघि बड्नुपर्ने समयमा देशमा पुनः संविधान र राजनीतिक प्रणालीमाथि नै प्रतिगमन भएपछि त्यसका विरुद्धमा एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउनुभयो । उहाँले समाजवादको बाटोमा दृढताका साथ अघि बड्न पनि आहान गर्नुभयो ।

कार्यक्रममा जेष्ठ कम्युनिष्ट मंचका केन्द्रीय सदस्य शेनराज शाह, पार्टी जिल्ला अध्यक्ष शुरामणि बेलबासे, पार्टी प्रदेश कमिटीका सदस्यहरु भुपबहादुर केसी, रामप्रसाद चौधरी, पार्टी जिल्ला उपाध्यक्ष शोभा शाह, उपसचिव डिल्ली पुन, बुद्धिजीवि परिषदका केन्द्रीय सदस्य भरत न्यौपाने, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सचिव लोकबहादुर बस्नेत, अनेमसंघ (समाजवादी) दाङका अध्यक्ष ससमति चौधरी लगायतले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो ।

स्मृति कार्यक्रमपछि पार्टीको २ नं क्षेत्रीय कमिटीको बैठक क्षेत्रीय संयोजक रविलाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले सम्पादित कामको समिक्षा गर्दै आगामि कार्ययोजना निर्माण गरेको छ ।

२ नं क्षेत्रका पालिका र वार्डमा भेला बैठक, सदस्यता नविकरण, वितरण लगायतका सांगठानिक कामका साथै सामाजिक अभियान संचालन गर्ने, एमसीसी लगायतका मुद्धामा जनचेतना कार्यक्रम संचालन गर्ने, कोभिड सचेतना कार्यक्रम संचानल गर्ने, विकाश निर्माणका काममा खवरदारी गर्ने, नयां योजनाहरु कार्यान्वयनका लागि पहल लिने, महंगी नियन्त्रण गर्न सरकारलाई खवरदारी गर्ने निर्णय गर्दै हाम्रो अभियानमा साथ दिन सम्पूर्ण जनसमुदायमा अपिल गरेको कार्यालय सचिव गजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

कार्यक्रमको संचालन क्षेत्रीय सचिव टंक सुनारले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पार्टीका घोराही उपमहानगर कमिटीका अध्यक्ष यमप्रसाद आचार्यले गर्नु भएको थियो

Facebook Comments