• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमसीसी नेपालीको पक्षमा होइन्, अमेरिकी साम्राराज्यवादको स्वार्थमा छ: शीतल




घोराही, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शीतलले एमसीसी नेपाली जनताको पक्षमा होइन, अमेरिकी साम्राराज्यावादको स्वार्थ छ भन्ने कुरा प्रमाणित भइसकेको बताएका छन् ।


नेपाल कम्युनिस्ट पार्टीसहति दाङमा क्रिायशिल ४ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा आज बुधबार घोराहीको तुलसीपुर चोकमा गरिएको राष्ट्रघाती एमसीसी विरुद्धको विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उनले यो राष्ट्रघाती एमसीसी परियोजना अमेरिकीे स्वार्थ अनुरुप नेपालमा प्रवेश गर्न खोजिरहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता शीतलले एमसीसी नेपालमा जबरजस्त लागू गर्नु अमेरिकाको पहिलो काम भएको तथा  नेपालमा उदाउदै गरेको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने  उद्देश्य रहेको बताए ।

अमेरिकाले साम्राराज्यवाद लादेर विश्वलाई आफ्नो कन्ट्रोलमा राख्ने कुचेष्टा गरिरहेको र चिनलाई कम्जोर बनाउने उद्देश्यले चिनका विरुद्ध नेपालमा अमेरिकी शैन्य अड्डा राखी नेपालबाटै चिनसँग लड्नका लागि सोे परियोजना भित्र्याउन खोजिएको तथा नेपालमा भएका खनिज पदार्थहरु पत्ता लगाउने र नेपालबाट लुटेर लग्ने उद्देश्य राखेको उनको भनाइ छ ।

नेपालको विरोधमा आएको यो राष्ट्रघाती एमसीसी संसदबाट दुई तिहाई जुटाएर पास गरेको खण्डमा त्यसको विरुद्धमा प्रगतिशील शक्ति, बामन्थी, बुद्धिजीवी, कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिने र एमसीसीलाई रोक्ने तागत नेपाली जनतामा भएको समेत उनले उद्घोष गरे ।

त्यस्तै  नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हिरामणी दुखीले  सन् १९५० देखि नेपालमा  अमेरिकाको  विकास योजना लागू भइरहेका बताए । तर, यो एमसीसी यस्तो परियोजना हो, जो संसदमा पास गर्न खोजिएकाले यसको विरोध गर्नु परेको उनको भनाइ छ ।

अमेरिकाले एमसीसी परियोजना संसदमा पास गर्न खोज्नुको उद्देश्य नेपालमा अमेरिकी सेना राख्ने, नेपालमा भएका खानी खनिजहरु कब्जा गर्न र नेपालका क्रान्तिकारीहरुलाई एक हुन नदिने तथा कम्युनिस्टलाई राष्ट्रघातमा डुबाउने खोजेको उनको भनाइ छ ।

नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले अमेरिकाले सिधै सेना नेपाल लिएर बसाल्दा विरोध हुने र त्यो विरोध थेक्न नसक्ने भएपछि एमसीसी विकासको नाममा नेपाल भित्रन खोजेको बताए ।

नेकपा माले दाङका जिल्ला सचिब नेत्रप्रकास पाण्डेले एमसीसी नेपालको पक्षमा नभएको र यो परियोजना खारेज हुनुपर्ने बताए ।

घोराहीको ट्राफिक चोकबाट शुरु भएको बिरोध प्रदर्शन ¥याली बजारका विभिन्न चोक परिक्रमा गरी तुलसीपुरचोकमा आएर कोणसभामा परिनत भएको थियो ।

कोणसभाको सहजीकरण जनमोर्चा दाङ जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

 

Facebook Comments