• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहाडी तथा हिमाली क्षेत्रमा बर्षासहित हिमपातको संभावना 




पश्चिमी क्षेत्रमा आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा आज पानी पर्न लागेको हो । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँले बताउनुभयो ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ । पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।

Facebook Comments