• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रघाती एमसीसी विरुद्ध भोलि घोराहीमा बिरोध प्रदर्शन हुने




राष्ट्रघाती एमसीसी विरुद्ध भोलि(बुधबार)  घोराहीमा बिरोध प्रदर्शन हुने  भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित दाङमा क्रियाशिल ४ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा सो प्रर्दशन हुने लागेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शीतलको अध्यक्षतामा सोमबार घोराहीमा बसेको संयुक्त बैठकले माघ २६ गते राष्ट्रघाती एमसीसी विरुद्ध बिरोध प्रदर्शन तथा कोण सभा गर्ने निर्णय भएको नेकपा दाङले सिस्ने अनलाइनलाई जानकारी दिएको छ ।

सो बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी नरेन्द्र बन्जाडे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेकपा मालेका प्रतिनिधि नेत्र पाण्डेको सहभागीता रहेको थियो ।

बिरोध प्रदर्शन घोराहीको ट्राफिक चोकबाट मध्यान्ह १२ बजे ¥याली शुरु भइ घोराही बजारका विभिन्न चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा आएर कोणसभामा परिनत हुने समेत नेकपा दाङले बताएको छ  ।

Facebook Comments