• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा आज १९ जनामा कोराना पुष्टि




दाङ, २५ माघ । दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० जनाको पिसिआर परिक्षणबाट १३ जना र ३५ जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ९ तुलसीपुर २, राप्तीका ३ लमहि र दंगिशरणका १/१ र जिल्ला बाहिरका ३ जना रहेका छन् ।

त्यस्तै वितेका २४ घण्टामा दाङका ६० जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका २६ जना, तुलसीपुरका १० जना, राप्तीका ८ जना, दंगीशरणका ४ जना, गढवाका ५, शान्तीनगरका ३ जना, लमहीका १ जना र अन्य जिल्लाका २ जना रहेका केन्द्रले जनाएको छ ।

Facebook Comments