• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी घटकहरुलाई एक हुन सहिद सन्ततिहरुको आग्रह




विभिन्न टुक्रामा बिभाजित माओवादीहरुलाई एक हुन सहिद तथा बेपत्ता नागरिकका सन्तानले आग्रह गरेका छन् ।

सहिद तथा बेपत्ता यौद्धा सन्तति फाउण्डेसन लुम्बिनीका अध्यक्ष तेजबिक्रम ओलीले विज्ञप्ति जारी गरी यस्तो आग्रह गर्नुभएको हो ।

‘जनयुद्ध जगमा स्थापित ६२÷६३ को जनआन्दोलन रोकिएको २ दशक नबित्दै सहिद बेपत्ता एवं घाइते परिवार इच्छा एवं जनआकाङ्क्षा बिपरित माओबादी शक्तिहरु टुक्रा टुक्रामा बिभाजन हुनु सहिदको अपमान र सहिदका सपनाको बेवास्ता गर्नु हो’– विज्ञप्तिमा भनिएको छ– ‘घाइतेको घाउमा मलमको साटो नुन चुक छर्किनु हो ,सन्सारका मजदुर हरु एक हौं भन्ने हामीहरु रास्ट्रभित्रै बिभाजित हुनु खेदपूर्ण छ। जनयुद्धका सम्पुर्ण सहयोद्दा कमरेडलाई एकतामा बाधिन फाउन्डेसन हार्दिक अपिल गर्दछ ।’

नेपाललाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत, बैज्ञानिक तथा समुन्नत मुलुकमा रुपान्तरण गर्ने महान अभियान स्वरुप नेपाली भूमिमा १० बर्ष लामो जनयुद्ध चलेको स्मरण गराउँदै त्यसक्रममा थुप्रै सपुतहरुले ज्यान गुमाएको र बेपत्ता भएको उल्लेख छ ।

उहाँहरुको बलिदानपूर्ण संघर्ष, त्याग, समर्पण र बलिदानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र नेपाली जनताका हकअधिकारहरु संबैधानिक रुपमा स्थापित भएका छन’– विज्ञप्तिमा भनिएको छ– ‘महान सहिदहरुको सम्मान गर्दै जनयुद्ध र जनआन्दोलनको दौरान सहादत प्राप्त गर्नुभएका महान सहिद र बेपत्ता योद्धाका परिवारलाई सम्मान सन्ततिहरुलाई शिक्षा रोजगारी तथा स्वास्थ्यका अबसर उपलब्ध गराउनुपर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको स्थापना भएको हो।’ विज्ञप्तिमा सहिद सन्ततिको भावनाको सम्मान गर्न सबैमा अनुरोध गरिएको छ ।

Facebook Comments