• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा एमसीसीको विरुद्ध  ४ कम्युनिस्ट पार्टीले बिरोध प्रदर्शन गर्ने 




हेमन्त प्रकाश वली, दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित दाङमा कृयासिल ४ कम्युनिस्ट पार्टीको बैठक आज सोमबार घोराहीमा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको अध्यक्षतामा बसेको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी नरेन्द्र बन्जाडे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेकपा मालेका प्रतिनिधि नेत्र पाण्डेको सहभागीता रहेको थियो।

बैठकले माघ २६ गते राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध घोराहीमा बिरोध प्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ।
बिरोध प्रदर्शन १२ बजेदेखि सुरु भएर घोराही बजारका विभिन्न चोक परिक्रमा गर्दै बिरोध सभामा परिणत हुने बताइएको छ।
उक्त कार्यक्रममा आयोजक ४ कम्युनिस्ट पार्टीले उपस्थितिका लागि,देशभक्त,बामपंथी,प्रगतिशील,बुद्दिजिवी लगाएत आम दाङबासी आमाबुवा,दाजुभाइ एवम दिदिबहिनिहरुलाइ अनुरोध गरेका छन्।

Facebook Comments