• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी दाङको पार्टी सदस्य संख्या ५७०३




नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङले दाङमा ५७०३ जनालाई पार्टीमा संगठित गरेको जनाएको छ । पार्टी निर्माणको छोटो समयमै दाङमा झण्डै छ हजारलाई संगठित गरिएको जनाउँदै सो पार्टीले चाँडै पार्टी सदस्य संख्या दश हजार पुर्याउने जनाएको छ ।

सो संख्यामा पार्टी सदस्यता विस्तार गरिएको जनाउँदै समाजवादीले उनीहरुलाई पार्टी जिल्ला माताहतका कमिटी र जन संगठनहरुमा संगठित गरिएको जनाएको छ ।

साथै भेला बैठक गर्न बाँकी केही जन संगठन तथा पार्टीका वडा र टोल कमिटीहरुमा यही माघ मसान्तसम्म थप संगठित गर्ने योजना बनाइएको जिल्ला अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिनुभयो । विषेश अभियानमा सामाजिक काम र कोभिड सचेतना अभियानलाई थप प्रभावकारी बनाइने पनि उहाँले जानकारी दिनुभयो ।

बेलबासेको अध्यक्षता र दाङ इञ्चार्ज जोगबहादुर रानाको प्रमुख आतिथ्यतामा माघ २३ मा बसेको जिल्ला कार्यलयको बैठकले बिशेष अभियान सञ्चालनको योजना बनाएको छ ।

बैठकले रिक्त रहेको दुई उपसचिव पदमा जिल्ला संगठन विभाग प्रमुख डिल्ली डाँगी र महिला नेतृ जानका रेग्मीलाई मनोनित गरेको छ । रेग्मी एमाले दाङको जिल्ला सदस्य छाडेर समाजवादीमा प्रवेश गर्नुभएको थियो । बैठकले ज्वाला पौडेल,सुरेश केसी, रमेशमान रोका, ज्ञानु गौचन, दिपु पुन, र हेमराज भण्डारीलाई जिल्ला सचिवालयमा मनोनित गरेको कार्यालय सचिव खड्काले जानकारी दिनुभयो ।

बैठकले घोराही तुलसीपुर सडक खण्ड निर्माणमा भएको ढिला सुस्तीका विषयमा सम्बन्धित पक्षको ध्यान आक्रसण गर्ने, जिल्लाका अन्य महत्वपूर्ण योजनाकाबारेमा संघीय र प्रदेश सरकार समक्ष डेलीगेशन जाने, स्थानिय तहमा हुने बिकास निर्माणका कामहरुमा ढिला सुस्ति र अनियमित्ता हुन नदिन खवरदारी गर्ने निर्णय गरेको कार्यालय सचिव गजेन्द्रसिंह खड्काले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

बैठकले बढ्दो महंगी, वित्तिय संकट निवारण गर्न, पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता लिन सरकारसंग माग गर्ने निर्णय गरेको छ ।
बैठकलाई इञ्चार्ज राना, सहइञ्चार्ज अनारकली मियां, प्रदेश सदस्यहरु रामप्रसाद चौधरी र प्रेम वली लगायतले संबोधन गर्नुभएको थियो ।

Facebook Comments