दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ ।
संस्थाको शनिबार भएको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको हो ।
संस्थाको ९ जना कार्यसमितिको लागि भएको मतदानबाट अध्यक्षमा जंग बहादुर चौधरी , उपाध्यक्ष सीतादेबी चौधरी , सचिबमा बसन्त आचार्य र कोषाध्यक्ष बासुदेब गौतम बिजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा जगनारायण चौधरी, किरण चौधरी, ज्ञान बहादुर विक,शिवा चौधरी र सीता खत्री पोख्रेल विजयी भएका हुन् ।
कुल ४ हजार २ सय ७७ मतदाता रहेका मध्ये २७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।