• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिउँदे बर्षाः गत बर्षको तुलनामा चार सय प्रतिशत बढी




यस वर्ष माघ महिना नवित्दै सतप्रतिशत हिउँदे वर्षा भई सकेको छ । मौसम पूर्वानुमान महाशाखाको तथ्याङक अनुसार माघ नवित्दै ५७.१ मिलिमिटर हिउँदे वर्षा भई सकेको छ, यो औसत हिउँदे वर्षाको ९९.७ प्रतिशत हो ।

महाशाखाले डिसेम्बरदेखि फेब्रअरीसम्मलाई हिउँद मौसम मानेर औसतमा ६०.९ मिलिमिटर वर्षा हुने जनाएको छ । तर यस वर्ष भने समय अझै वाँकी छदाँनै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष र्हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले वढी वर्षा भएको जानकारी दिनुभयो । गत वर्ष हिउँदमा १५.४ मिलिमिटर वर्षा भएको थियो । यसवर्ष भने अझै हिउँद मौसम बाँकी नै रहेको छ । तर अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच सय प्रतिशत बढी वर्षा हुने आँकलन गरिएको प्रमुख कँडेलले बताउनुभयो ।

गत वर्ष भन्दा यसवर्ष धेरै वर्षा भएपनि यो नौलो विषय भने नभएको महाशाखाले जनाएको छ । महाशाखाको तथ्याङक अनुसार तर २०६४ देखि पछाडि २०७५ र २०७६ सालमा धेरै हिउँदे वर्षा भएको थियो । २०७५ सालमा १०५ मिलिमिटर र २०७६ सालमा १४२.५ मिलिमिटर वर्षा भएको थियो ।

Facebook Comments