• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठान जीप दुर्घटनाः मृतकहरुप्रति मुख्यमन्त्री केसीद्वारा श्रद्धाञ्जली




लुम्बिनी प्रदेशका मु्ख्यमन्त्री कुलप्रसाद केसीद्वारा प्यूठानका मृतकहरुप्रति शोक व्यक्तव्य जारी गर्दै प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्नुभएको छ ।

शनिबार एक प्रेस विज्ञप्ती सो सामूहिक घटनाकामा परि मृतकहरुमा श्रद्धाञ्जली जारी गर्दै घाइतेहरुपति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।

सो विज्ञप्ती जारी गर्दै भन्नुभएको छः–“नौबहिनी गाउँपालिका लुङबाट बेहुली लिएर फर्किदै गरेको ग.१ ज. ५०९२ नम्बरको सवारी जीप गौमखी गापा वडा नं ६ ओखरपाटा प्यूठानमा सवारी दुर्घनामा परी नेपाली कांग्रेस गौमखी गाउँपालिकाका उपसभापति गौमुखी गापा–६ लिबाङ प्यूठान निवासी ३९ वर्षिय बसन्त खड्का, गौमुखी गापा ६ लिबाङ प्यूठान निवासी निज बसन्त खड्काको छोरी ११ वर्षिय एलिसा खड्का, गौमुखी गापा वडा नं ६ लिबाङ प्यूठान निबासी ३९ वर्षिय बसन्ती खड्का, गौमुखी गापा वडा नं ६ लिबाङ प्यूठान निबासी २९ वर्षिय केसरी खड्का, गौमुखी गापा वडा नं ६ लिबाङ प्यूठान निबासी ५० वर्षिय चालक बलबहादुर बुढामगर, गौमुखी गापा वडा नं ६ लिबाङ प्यूठान निबासी ३२ बर्षिय खिम बहादुर खत्री, गौमुखी गापा वडा नं ६ लिबाङ प्यूठान निबासी ५२ वर्षिय नन्दी खड्का, गौमुखी गापा वडा नं ६ लिबाङ प्यूठान निबासी १८वर्षिय विपना जिसी गरी ८ जना नागरिकको असामयिक दुखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको छ । स्वर्गिय मृतकहरुप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको चीरशान्तिको कामनासहित दुःखको यस घडीमा सम्पूर्ण मृतकका शोकसनतप्त परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्दछु ।”

मु्ख्यमन्त्री केसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा घाइते हुनेहरुमा समेत शिघ स्वास्थ्य लाभको कामना गर्दै सो विज्ञप्तीमा भनिएको छः–“ साथै सो घटनामापरि घाइते हुनुभएका नौबहिनी गापा वडा नं ६ प्यूठान निबासी २५ वर्षिय दानबहादुर खड्का ९बेहुला०, नौबहिनी गापा वडा नं ६ किमिचौर प्यूठान निबासी २० वर्षिय रिमा जिसी बेहुली, नौबहिनी गापा वडा नं ६ प्यूठान निबासी २५ वर्षिय साबित्रा जिसी, गौमुखी गापा वडानं ६ लिबाङ प्यूठान निबासी १७ वर्षिय नरेश खड्का, नौबहिनी गापा वडा नं ६ निबासी प्यूठान बर्ष २१ की हरिबुढामगर लगायत गम्भीर घाईते हुनुभएका सम्पूर्ण घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

यस दुर्घटनामा परी मृत्युवरण गर्ने र घाइतेहरुलाई तत्कालै उपचार गर्ने स्वास्थ्यकर्मी, उद्धार कार्यमा सहयोग गर्ने सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी लगायत सबैमा धन्यवाद व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरुको उद्धार, उपचार लागि तत्कालै पहल गर्न सम्बन्धितपक्षलाई निर्देशन गर्नुभएको छ ।No description available.

Facebook Comments