• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठान जीप दुर्घटना: मृतकहरुको पहिचान खुल्यो




प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौंमुखी गाउँपालिका ६ लिवाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

घटनास्थलमै ६ जना र उपचारको लागि विजुवार अस्पताल ल्याउदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयो ।

घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका एकै परिवारका ३ जना बसन्त खड्का, बसन्ता खड्का र एलीसा खड्काको मृत्यु भएको छ । त्यसैगरी केशरी खड्का, बल बहादुर बुढामगर, नन्दी खड्काको मृत्यु भएको हो । बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको हो । घटमा मृत्यु भएकी एक जना महिलाको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते दुलही रिमा जि.सी, साबित्रा जिसी, हरी बुढामगर, दान बहादुर खड्का, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर एक जनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।

Facebook Comments