• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानमा जिप दुर्घटना: ७ जनाको मृत्यु




प्यूठान ।  प्यूठानमा जिप  दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन्।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुला बेहुलीसहित जन्ती  लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृतक कसैको पनि पहिचान खुलेको छैन ।  भुसालका अनुसार बेहुलासहित ६ जना घाइतेको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो।
जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ। घाइते सबैको प्यूठान जिल्ला अस्पतामा उपचार भइरहेको  र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।

Facebook Comments