• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा दाङ गुरु जजुरका शर्मा प्रथम र गोर्खाकी चौधरी द्धितीय




लुम्बिनी प्रदेशको प्रदेशसभा सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगतामा दाङका दुई विद्यार्थी प्रथम र द्धितीय भएका छन् ।

गुरुजजुर माविका छात्रा शैलेश शर्मा प्रथम र गोरखा इन्टरनेशनल पब्लिक स्कूल घोराहीकी छात्र प्रकृति चौधरी द्धितीय भएका हुन् ।

त्यस्तै हेमराज मावि हथौसा कपिलवस्तुकी छात्र अर्जन आचार्य तृतीय भएका छन् । संघीयता कार्यान्वायनमा प्रदेशसभाको भूमिका बिषयक निबन्ध प्रतियोगितामा उनीहरुले यो हैसियत हासिल गरेका हुन् ।

प्रतियोगितमा पाल्पा आवासीय मावि तानसेनका सविन ज्ञवाली, पूर्णहिरा मावि बाँसगडी बर्दियाका सिर्जना रेग्मी, अनिरुद्र पब्लिक मावि कपिलवस्तुका नेहा खानम, राजा महात्मा पूर्णभद्र विद्यालय बर्दघाट नवलपरासीका उज्जल काफ्ने, रामपुर मावि सैनामैना रुपन्देहीका कृतिका सुवेदी, गुरुकुल एकेडेमी घोराहीका प्रतिक्षा केसी, नेपालगगञ्ज मोडल एकेडेमी नेपालगञ्जका अञ्जुलीसिंह राठौर, युवा जनता रविचित्र मावि सन्धिखर्क अर्घाखाँचीका जेनिसा चौहान, इश्वरी मावि गुल्मी दरबारका दीपक खनाल, तारा मावि वामरुक रोल्पाकी विनिता कुँवर र मोति मावि एरावती प्युठानकी आश्विना पाण्डे सान्त्वना भएका छन् ।

प्रदेशसभा स्थापना दिवसको अवसरमा सो प्रतियोगितामा आयोजना गरिएको हो ।

Facebook Comments