• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुटपाट गर्ने एक जना पक्राउ




दाङ,२० माघ । प्रहरीले दाङमा नक्कली सई बनेर लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१७ करजार्ही बस्ने २५ बर्षीय छ्याक्ले भन्ने अनिल पुनलाई पक्राउ गरेको हो ।

जबरजस्ती डाका तथा लुटपाट गरी फरार भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । संकास्पद रुपमा अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्ने क्रममा निजको साथबाट लुटीलिएको मोबाईल र निजले आफु प्रहरीको सई हो भनी लुटपाट गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

गत सोमवार रातको दश बजेको समयमा मार्शल पुनमगर र सन्तोष खडका कोठातर्फ जादै गरेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ भरतपुर आर्मी ब्यारेक नजिकै रा ४ प ६३३० नम्बरको मोटरसाईकलमा चढी एक्कासी आएर रोक्दै पीडित दुबै जनालाई अपशब्द प्रयोग गरी हातपात गरी आफुहरु प्रहरीको सई भएको भन्दै खानतलासी गरेर २ थान मोबाईलसँगै नगद ४ हजार लुटपाट गर्नेलाई पक्राउ गरेको हो ।

Facebook Comments