नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङको बिशेष एक महिने अभियान शुरु भएको छ ।
माघ १५ देखि फागुन १५ सम्म चल्ने यस अभियानमा मुख्य रुपमा संगठन निर्माणको काम, वैचारिक काम र सामाजिक काम हुने कार्यालय सचिव गजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
जसअन्तर्गत माघ १९ गते गढवा, तुलसीपुर र शान्तिनगरमा कार्यक्रमहरु सम्पन्न भएका छन् । गढवामा कोभिड सचेतना कार्यक्रम सम्पन्न भएको छ । गढवाको चोकमा भेला भई पार्टी प्रदेश कमिटीका सदस्य रामप्रसाद गैरेको नेतृत्वमा बजार क्षेत्रमा पाँच हजार मास्क वितरण गरिएको थियो ।
त्यस्तै तुल्सीपुर उपमहानगर कमिटीको बैठक विष्णु थापाको अध्यक्षतामा, शान्तिनगर गाउँपालिकाको बैठक अध्यक्ष खम्बु जैशीको अध्यक्षतामा, दंगीशरणको बैठक ज्योति चौधरीको अध्यक्षमा बसी विभिन्न कार्ययोजना निर्माण गरिएको खड्काले जानकारी दिनुभयो ।
बैठकमा कोभिड सचेतना कार्यक्रम, मास्क वितरण र संगठन निर्माण गर्ने योजना बनाइएको छ ।
त्यस्तै जनवर्गीय संगठनहरुको जिल्ला बैठक बसी विभिन्न कार्ययोजना निर्मााण गरिएको छ । पार्टी र जनसंगठनका बैठकहरुले एमसीसी नेपाल राष्टको पक्षमा नरहेको हुनाले त्यसको खारेजीको माग गरेको पनि सो पार्टीले जनाएको छ ।
माघ २० गते घोराही उपमहानगर पालिका वार्ड नं १४ र १८ मा वार्ड कमिटी निर्माण गरिएको छ । कुमार पुरीको अध्यक्षतामा २५ सदस्यीय १८ नं वार्ड कमिटी र जंगबहादुर विश्वकर्माको अध्यक्षतामा २५ सदस्यीय १४ नम्बर वार्ड कमिटी निर्माण गरिएको कार्यालय सचिव खड्काले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।