• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता हुँदै




घोराही । दाङमा सर्वाधिक पुरस्कार राशिको दाङ क्रिकेट लिग टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

दाङ जिल्ला क्रिकेट संघको बुधबार बसेको कार्यसमिति बैठकले चैतको तेस्रो सातामा दाङ क्रिकेट लिग आयोजना गर्ने निर्णय गरेको हो ।

घोराही क्रिकेट मैदानमा हुने प्रतियोगितामा पहिलो संस्करणमा ५ टिमलाई सहभागी गराउने निर्णय भएको अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए ।

५ टिमका खेलाडीहरुको छनोट अक्सनबाट गरिने पनि उनले बताए । दाङमा क्रिकेटको विकासका लागि यो लिग गर्ने निर्णय गरिएको अध्यक्ष मजगैयाँको भनाई रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख र उप विजेताले १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको तयारी शुरु भइसकेको दाङ क्रिकेट संघले जनाएको छ । प्रतियोगिताका लागि घोराही मैदानमा ३ वटा नयाँ पिच पनि निर्माण गरिने छ । प्रतियोगिता चैतको तेस्रो सातादेखि गर्ने योजना बनाए पनि कोरोना महामारीको प्रभावका कारण मिति केही तल माथि हुन सक्ने पनि बताइएको छ ।

प्रतियाेगिता सम्पन्न गर्नका लागि कम्तिमा २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ । प्रतियोगिता तयारिको लागि सचिब सन्जु केसिको संयोजकत्वमा ५ सदस्यीय तयारि समिति समेत गठन गरिएको संघले जनाएको छ ।

Facebook Comments