• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: वर्षा र हिमपातको संभावना




पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । सो   प्रणालीकाे कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।

केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।

भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

 

 

Facebook Comments