• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिजी कम्पनीको २३ रोपनी जग्गा नेकपाको कब्जामा, यस्तो कारण (विज्ञप्तिसहित)




मुक्ति गैरे

पाल्पा, १९ माघ । कम्युनिस्ट पार्टीद्दारा अाज सिजि कम्पनीको २३ राेपनि जग्गा कब्जा गरेको छ ।

अाज रिब्दिकाेट गाउँ पालिका वडा नम्बर १ जैथुम देउलेफलाट रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा गरेको हाेे ।

उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडि देखि भाेेगचलन गर्दै अाएकाे धनु कुमालकाे जग्गा जालसाजी गरि बेचेको अाराेप समेत लगाएको छ ।

उक्त जग्गा पिडितका अनुसार कसरी हामीले भाेग चलन गरेको जग्गा सिजि कम्पनीमा गयो भन्ने कुरा थाहा नभएको बताएका छन्,अाँफुहरु पिडित समेत भएको बताए ।

उक्त जग्गाका बारेमा अदालत मामिला जाँदा सरकारले न्याय नदिएको गुनासो समेत गरेका छन् । उक्त कुरा सिजी कम्पनी र स्थानीय जनप्रतिनिधि संग छलफल गर्दा पनि अटेरी गरेपछि पीडितलाई न्याय दिन उक्त जग्गा कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले बताउनुभयो ।

उहाँले उक्त जग्गा पिडितले न्याय नपाउदा सम्म अाफ्नाे पार्टीकाे कब्जामा रहने बताउनुभयो साथै धनु कुमाल माथि भवितव्यं केही भएमा स्वयम् सिजि कम्पनी र उसकाे प्रतिनिधि बाम बहादुर कुमालले जिम्मेवारी लिनुपर्ने छ अन्यथा अाफ्नाे पार्टीले सशक्त प्रतिरोध गर्ने समेत बताउनुभयाे ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले जारी गरेको विज्ञप्ति “जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले २३ राेपनि जमिन कब्जामा लिएको छ ।

पाल्पा जिल्ला रिब्दिकाेट गाँपा वडा नम्बर १ जाेगिथुम बस्ने धनु कुमालका परिवारले ५ पुस्ता देखि भाेगचलन गर्दै अाएकाे जालसाजी गरी बाम बहादुर कुमाल मार्फत सिजि कम्पनीले अाफ्नाे नाममा खरदि गरेको छ । दलाल संसदीय व्यवस्थाले बनाएको गरीबमारा कानुनले  पुँजी र पहुँचकाे अाधारमा सिजि कम्पनीको नाममा पास  गरि दिएको छ ।

उक्त जमिन पिडितले न्याय नपाए सम्म नेपाल कम्युनिस्ट पार्टीको कब्जामा रहेको जानकारी गराउदछाैं । पिडित धनु कुमालकाे न्यायका लागि जनताका पक्षधर सबै शक्तिहरुलाई सहयोग समेत गर्न अनुरोध गर्दछौं ।”

Facebook Comments