• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुरमा मृत भेटिएका चौधरीको परिवारलाई टोल विकासको सहयोग




केही दिनअघि मृत भेटिएका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरका मनिराम चौधरीको परिवारलाई सुनौलो विहानी टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ ।
टोल विकास संस्थाको विपत राहतकोषबाट पाँच हजार रुपैयाँ सयोग गरिएको हो । टोल विकास संस्थाका अध्यक्ष सूर्यचन्द्र रानाले मृतकका आमा बुधमाली चौधरीलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । मजदूरी गरेर परिवार पाल्ने बिपन्न अवस्थाका चौधरीको आकस्मिक निधन भएपछि परिवारलाई केही राहत होस् भनेर सहयोग गरिएको जानकारी दिंदै अध्यक्ष रानाले अन्य कसैले सहयोग गर्न चाहेमा सहयोग गर्न सक्ने बताउनुभयो ।

टोल विकास संस्थाले गत साउनदेखि हरेक सदस्यबाट मासिक २० रुपैयाँ संकलन गरेर राहतकोषमा राख्दै आएको छ । चौधरी गत माघ १५ गते नवलपुर सडकमा मृत अवस्थामा भेटिनुभएको थियो । सो अवसरमा संस्थाका सचिव मधुसूदन भट्टराई, सदस्य पार्वता योगीलगायतले श्रद्धाञ्जली मन्तव्य पनि व्यक्त गर्नुभएको थियो ।

यसैबीच चौधरीको परिवारमा सहयोग होस् भनेर केही टोलबासीले पनि सहयोग गरेका छन् । उनीहरुले केही रकम संकलन गरेर दुई बोरा चालम, केही पीठो, आलु र तेल सहयोग गरेका छन् । स्थानीय २१ ज्नाले प्रतिव्यक्ति दुई सय सहयोग संकलन गरेर सो सहयोग गरेको टोल विकास संस्थाका अध्यक्ष रानाले जानकारी दिनुभयो ।

Facebook Comments